Powered by Blogger.
लियो पराजुलीले दिए जिल्ला परिषद्को उपाध्यक्ष पदको उम्मेद्वारी

मकवानपुर /  लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको आगामी चैत २ गते बुटवालमा हुने निर्वाचनको लागि लियो शिशिर पराजुलीले उपाध्यक्ष पदको उम्मेद्धारी घोषणा गरेका छन् ।
आज हेटौडामा एक कार्यक्रमको आयोजना गरि बर्ष २०१९÷२० को उपाध्यक्ष पदको लागि आफ्नो उम्मेद्धारी दिएका हुन् । सहमतिमा जाने बातबरण गर्दैै आएको भएता पनि सहमतिबाट टुङगो नलागे पश्चात उम्मेद्धारीको घोषणा गरेको पराजुलीले बताए ।

अझै सहमतीमा जाने समय भएता पनि केहि साथीहरुले सहमति भन्दा पनि चुनावबाट अगाडि बढ्ने भने पश्चात हामी चुनावको लागि आगाडि बढेका हौँ,उनले भने, “२७ बर्ष सम्म मकवानपुरका लियोमा नेतृत्व नपाईरहेको अवस्थामा अबको कार्यकालमा मकवानपुरले नेतृत्व पाउनमा आशावादी हुन सबैलाई आग्रह गरे । उनले थपे“ परिषद्लाई चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेद्धारी रहेको छ, केहि विधिविधान संशोधन गर्नु आवश्यक रहेको भन्दै यस तर्फ समेत पहल हुनेछ ।”

लायन्स क्लव अफ हेटौडा सुर्योदयका संस्थापक अध्यक्ष लायन किशोर टण्डनको प्रमुख आतिथ्यतामा रहेको घोषणा कार्यक्रममा पराजुलीलाई सर्वसम्मत मकवानपुरका सम्पुर्ण लियोहरुले अगाडि सारेका हुन । 
प्रमुख अथिति टण्डनले मकवानपुरका लियोले यस बर्ष नेतृत्व पाउनु पर्ने बताएका छन् । सबै क्षेत्रको प्रतिनिधित्व गर्नको लागि अब मकवानपुरले नेतृत्व समाल्नु पर्ने बताए । सबैलाई पराजुली जिताउनको लागि सहयोग गरिदिन आग्रह समेत गरे ।

त्यस्तै लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन २ को रिजन कोअर्डिनेटर राजन श्रेष्ठले समेत मकवानपुरले बर्ष २०१९÷२० को नेतृत्व पाउनु पर्ने भन्दै सबैल पराजुलीे जिताउनको लागि सहयोग गर्न आग्रह गरे ।
लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका एरिया १ को एरिया चिफ लियो रुपा विडारी,लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष लियो अनिल अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । घोषणा कार्यक्रममा सम्पुर्ण मकवानपुरका लियोहरुले आसन्न निर्वाचनबाट मकवानपुरले नेतृत्व सम्हाल्ने विश्वास व्यक्त गर्दै अग्रिम बधाई समेत दिएका थिए ।

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पराजुली जिल्ला परिषद् ३२५ बि २ को सह—कोषाध्यक्ष, स्वावियु मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष हुन् भने लियो क्लव अफ हेटौडा लर्ड बुद्धका पुर्व अध्यक्ष, लियोको आर्थिक संकलन समितिको सदस्य भएर कार्य समेत गरिसकेका छन् ।


0 comments

Write Down Your Responses