Powered by Blogger.
हेटौडामा पहिलो पटक हट एण्ड कोल्ड वाटर प्युरिफाएर तथा एयर प्युरिफाएर विक्रि सुरु

हेटौँडा /  उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै पहिलो पटक हेटौंडामा नयाँ ब्राण्डका उत्पादन आएको छ । डाइमेन्ट आरओ इन्टरप्राईजेजले  आज पत्रकार सम्मेलनको आयोजना गरि पहिलो पटक हट एण्ड कोल्ड वाटर प्युरिफाएर तथा एयर प्युरिफाएर विक्रि सुरु जानकारी दिएको हो । 

इन्टरप्राईजेजका सञ्चालक मनोज चाँैलागाईले हेटौँडामा आफुहरुले पहिलो पटक हट एण्ड कोल्ड वाटर प्युरिफाएर तथा एयर प्युरिफेयरको विक्रि सुरुवात गरेको बताए ।

हेटौँडाकै प्विलब पौडेल र चौलागाईले १५ लाख रुपैँयाको लागतमा ब्यवसाय सुरु गरेका हुन् । हावा र पानी मानव स्वास्थ्यकोलागि सबैभन्दा महत्वपूर्ण तत्व भएको भन्दै शुद्ध हावापानीको लागि वाटर प्युरिफायरको आवश्यक्ता महशुस गरि यो ब्यवसाय सुरु गरेको सञ्चालक चौँलागाईको भनाई रहेको छ ।

आफुहरुले अल्का लाईन वाटर प्युरिफायर, हट एण्ड कुल वाटर प्युरिफायर, एयर प्युरिफायरको विक्रि सुरु गरिसकेको उनको भनाई रहेको छ । आफुहरुले न्युनतम १८ हजार बाट विक्रि सुरु गरको उनले बताए ।

0 comments

Write Down Your Responses