Powered by Blogger.
मकवानपुरका अग्रज पत्रकार बिष्टलाई सोलिड्यारिटी शैक्षिक पत्रकारिताका पुरस्कार

हेटौंडा / मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टलाई पुरस्कृत हुनुभएकोछ ।  हेटौंडा १० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको २६ औँ अभिभावक दिवसको अवसरमा विद्यालयले पुरस्कृत गरेको हो ।

विष्टलाई बिपन्न बालवालिकाहरुलाई दुई दशदेखि निरन्तर कमल चलाएर शिक्षा प्रदान गर्न सहयोगी भूमिका खेलेको भन्दै सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

१० हजार नगद सहित विष्टलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्ण प्रसाद घिमिरे, विद्यालयका संस्थापक ऋषिराम आचार्य र प्याब्सन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहालले सम्मान सहित पुरस्कृत गरेका हुन् ।
  विद्यालयका प्रिन्सिपल रिना आचार्यले विद्यालयको गतिबिधि र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

0 comments

Write Down Your Responses