Powered by Blogger.
ल्होछारको उपलक्ष्यमा टिस्टुङ अग्लोचुलीमा झण्डोत्तोलन


काठमाडौं । २८ सय ५५ औं ल्होछारको अवसरमा थाहा नगरपालिका स्थित टिस्टुङ बज्रबाराही–अग्लोचुलीमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरिएको छ । 

ओखरगाँउ तामाङ समाजको आयोजनामा भएको सांस्कृतिक समारोहमा संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले झण्डोत्तोलन गर्नुभएको हो ।



तामाङ समुदायको नयाँ वर्ष ल्होछारको अवसमा शुभकामना आदानप्रदान गर्ने अभिप्रायले आयोजित सो कार्यक्रमको अध्यक्षता स्थानीय समाजसेवी कृष्णबहादुर रुम्बाले गर्नुभएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्रबहादुर बलामी, वडा अध्यक्ष शशिधर सुबेदी, वडा कार्यपालिका सदस्य जनकमान गोपाली, बुद्धिमाया घलान, गाविसका पुर्व उपाध्यक्ष तथा स्थानीय समाजसेवी तथा नेकपा नेता इश्वरलाल रुम्बा, प्रताप रुम्बा लगायतको उपस्थिति रहेको थियो । 



कार्यक्रममा हिरालाल रुम्बाले सबैलाई स्वागत गरेका थिए भने सास्कृतिक भेषभुषा सहितको झाँकी समेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै सभापति बिडारीले नेपाल सबै जातीको साझा घर भएकाले सबै संस्कृति र परम्परालाई उत्तिकै श्रद्धा गर्नुपर्ने धारणा राख्नुभएको थियो । 


0 comments

Write Down Your Responses