Powered by Blogger.
अब हुकुमे शैली चल्दैन : सभापति आनन्दराम पराजुली (अन्तरवार्ता सहित)

मकवानपुर / हेटौडा उपमहानगरपालिका हुकुमे शैलीमा चलिरहेको आरोप लगाएका छन् । आज रेडियो सरोबरको कार्यक्रम चिया गफमा कांग्रेस हेटौँडा उपमहा नगरपालिकाका नगर सभापति आनन्दराम पराजुलीले हेटौडा उपमहा नगरपालिकामा जनताको प्रतिनिधि भन्दा पनि पाटिको प्रतिनिधि भएर काम गरिरहेको आरोप लगाए ।
पाटिगत हिसावले काम गरिरहेको भन्दै उनले भने,“नगर प्रमुखले जो आफ्नो नजिक छ, उस्लाई मात्रै प्राथामिकतामा राखेर कार्य गरिरहेको छ ।” उनले थपे,“नगरवासीको करले नगरपालिका चल्नु पर्ने, विकास गर्नु पर्नेमा मनलाग्दी ढंगबाट बाटामा डिभाइटर बनाउने, खाल्डो खन्ने पुर्ने, तौलपुल संचालन गर्ने जस्ता नचाहिने काम गरिरहेकोछ ।”
यस्तै हुकुमे शैली जो कोहिलाई पनि नपच्ने र जनताले दुई तिहाइको कार्य हेरिरहेको बताउदै यस्ता प्रवितिले नेपाली काँग्रेसलाई मान्य नहुने भन्दै भण्डाफोर गर्ने चेतावनी समेत दिए । यस लिंकमा चिच्नुस् 

0 comments

Write Down Your Responses