Powered by Blogger.
१८०० भन्दा बढीलाई सेवा दिँदै घोषणा भयो सहयोगापेक्षी सडकमानव मुक्त मकवानपुर

 मकवानपुर / घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानव रहित जिल्ला घोषणा भएको छ । ३ न. प्रदेश सरकारका माननीय मुख्य मन्त्री डोरमणि पौडेलले एक भव्य समारोहवीच आज मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडकमानवरहित जिल्ला घोषणा गर्नुभएको हो ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सभाअध्यक्षतामा भएको कार्यक्रममा ३ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल, कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रतिनिधि सभा सदस्य वीरोद खतिवडा, प्रदेशसभा सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्लाभित्रका १० ओटै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवी तथा एक हजार जनाको सहभागीतामा आज मकवानपुर जिल्ला सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा भएको हो ।

भुटनदेवी स्कुल प्राङ्गणबाट सुरुवात भएको ¥याली स्कुलरोड, बुद्धचोक हुँदै पल्पसाहलमा पुगेर घोषणा सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य वीरोद खतिवडाले अपराधिलाई समेत सबै कुराको बेवस्था गरेर पाल्ने सरकार बेसहारालाई किन पाल्न नक्दैन भन्दै प्रदेश सरकारले चाडै यो अभियानलाई १३ वटै जिल्लामा विस्तार गर्ने विश्वास राख्नुभयोे ।
मानवीय सेवाको कार्यमा कुनैपनि पार्टि पक्ष विपक्ष नहुने भन्दै सहयोगापेक्षी सडकमानहरुको मानवोचित व्यवस्थापनको लागि यथासक्य चाडो केही गरिहाल्न प्रदेश सरकारलाई अनुरोध गर्दै आफ्नो पार्टीको पुर्ण सहयोग रहने नेपाली कांग्रेस ३ नं। प्रदेशका संसदिय दलका नेता इन्द्र बानियाँले बताउनुभएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाले प्रदेश सरकार मानवीय सेवाको पक्षमा अत्यन्त संबेदनशिल रहेका बताउदै निति तथा कार्यक्रमबाटै सहयोगापेक्षी सडकमानव रहित प्रदेश निर्माण गर्ने लक्ष्य लिएको र सोही योजना अनुसार कार्य भैरहेको बताए ।

३ नं। प्रदेश सरकारका मुख्य मन्त्री डोरमणि पौडेले सहयोगापेक्षी सडकमानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै प्रदेश सरकारको नेतृत्वमा ३ नं। प्रदेश सहयोगापेक्षी सडकमानवमुक्त बन्ने बताउनुभएको छ ।
उहाँले मानवसेवा आश्रमको भवननिर्माणको लागि यस बर्षपनि केही सहयोग रहेको र आगामी बर्षहरुमा पनि सहयोग रहने बताउनुभएको छ । बेसहारा मानवहरुले आश्रममा खान नपाउने हामी टुलुटुलु हेरिरहने भन्ने हुँदै हुँदैन भन्दै उहाँले सहयोगापेक्षी सडकमानव रहित प्रदेश घोषणाको नतृत्व प्रदेश सरकारले लिने बताउनुभएको छ ।
२०६९ साल भाद्र १३ गते मकवानपुरबाटै सुभारम्भ भएको मानवसेवा आश्रमले घरबार विहिन, वेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार कार्यको सुभारम्भ गरेको थियो ।
स्थापनाको  ७ बर्षमा मानवसेवा मकवानपुरले ४५० जना भन्दा बढी घरबार विहिन, बेसहारा मानवहरुलाई संरक्षण दिएको छ  । देशभर नै सेवा विस्तार गरी १४ वटा आश्रमहरुबाट हालसम्म १८०० बढीलाई सेवा दिइसकेको आश्रममा हाल देशभर करिब ६५० जनाले सेवा लिईरहेको छन् ।

सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनमा सक्रिय मानवसेवा आश्रमले थालेको पहललाई आत्मसाथ गर्दै सहयोगापेक्षी सडकमानवमुक्त मकवानपुर जिल्ला घोषणा कार्यक्रमको नेतृत्व जिल्ला समन्वय समिति मकवानपुरले गरेको थियो । त्यस्तै मामाघर नेपालले पनि विगत ७ बर्षदेखी मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई सडकबालबालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
आज नै मानवसेवा आश्रम सहित मकवानपुर जिल्लामा यस रहेका  ६ ओटा बृद्धाश्रम तथा बालगृहहरुलाई सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses