सानो मोबाईल पुस्तकालय बन्न सक्छ : भुपति बश्याल

अधिवेशनमा प्रविधि सम्बन्धीत सुचना सञ्चार दिने सर्फवेयर हरु समेत प्रस्तुत गरिने तिमल्सिनाले बताए। यस्तै कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सचिव देवी प्रसाद शर्माले नेपालभरका सम्पुर्ण विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने,विद्यालयलाई आईसिटि मैत्री बनाउने र विद्याथीहरुको मुल्याड्डकन प्रविधिमैत्री बनाउने उदेश्यका साथ आफुहरु अघि बढेको बताए।
यस्तै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बश्यालले विद्यालयहरुमा प्रशासनिक कार्यहरुको लागि प्रविधिमैत्री शिक्षकहरुको आवश्यक रहेको बताएका थिए। प्रविधिमैत्री शिक्षक समाज नेपाल एक प्रविधिमा रुचि राख्ने,एक अभिभावक बच्चाहरुको चाहना पुरा गर्ने संस्था रहेको बताए ।उनले भने, सानो मोबाईल पुस्तकालय बन्न सक्छ, । सुचना र सञ्चार प्रवाह गर्न प्रविधि महत्वपुर्ण रहेको हुन्छ।
त्यस्तै आईसिटि इन एजुकेसन नेपालका प्रमुख मोहन राउतले लामो समयदेखि शिक्षासंग रहेका कार्य गरिरहेको बताए । उनले भने, “प्रविधिमैत्री विद्यालय बनाउने चाहान हाम्रो पनि हो तर यस्ता संस्थाहरुको आवश्यक छ, हामी सदैव सहकार्य गरेर अगाडि बढ्नेछौँ ”
पत्रकार सम्मेलनमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य शोभा कोईरला,आइसिटिका प्रमुख मोहन राहुत लगाएतले मन्तव्य राखेका थिए। प्रविधिमैत्री शिक्षक समाज नेपालले आजै मात्र हेटौँडाको राष्ट्रिय आधुनिक माविमा विभिन्न ठाउँका शिक्षकहरु सगं अन्तरक्रिया कार्यक्रम राखेको थियो।
0 comments
Write Down Your Responses