Powered by Blogger.
हेटौडा सिमेन्टको दादागिरी : जथाभावी खानी उत्खनन्का कारण १२ सय परिवार जोखिममा

हरि हुमागाई
मकवानपुर / वरपर डाडामा रहेको सुन्दर बस्ति, माथी घना जंगल त्यसको बिच भिरालो पहरामा रहेको मजुवा खानी । खानी भित्र लुकेर रहेको चुनढुङगा निकाल्नका लागि मजुवाको पुरै डाँडानै जताततैबाट खोतल्दै गरेका एक्साभेटर, देख्दा अत्यास लाग्ने खानी भएको डाँडामा माथीबाट ढुङगा, माटो, ग्रेभल त्यतीकै जथाभाबि छरपस्ट रुपमा फालिएको देख्न सकिन्छ ।

माथी हेर्दा पनि ढुङगा माटो झरेर हेर्न डर लाग्ने तल हेर्दा पनि पहिरो सलल बगेझै हेर्न नसकिने । तर यस्तै पहरामा निलो रंगमा देखिने सिमेन्टको चुनढुङगा निकाल्दै गरेका नौ वटा एक्साभेटर । मकवानपुर गढी गाउँपालिका वडानंम्बर ५ मा मजुवा खानीमा हेटौंडा सिमेन्ट उद्योगले चुनढुङगा उत्खनन् गर्दै गर्दाको दृष्य हो यो ।

हेटौंडाको मुख्य बजारबाट करिब १५ किलोमिटर उत्तरपुर्ब लागेपछी मजुवा खानी आईपुग्छ । यही खानी जथाभाबि रुपमा उत्खनन् गर्दै गर्दा यहाँ न कुनै प्राबिधिक, न कुनै बिज्ञ, एक्साभेटर चालकका भरका एउटा सिङगै डाँडाबाट एक्साभेटर चालक आफै ईन्जिनियर बनेर डाँडा कपेर पहिरो लडाई रहेका थिए । खानी भन्दा अली अली पर, चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु तलबाट डाँडा खोतलेको हेरेर बस्न मात्र बाध्य थिए ।

खानीको फैदैमा रहेको अमरसिङ प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी र शिक्षकको उस्तै मलिन अनुहार । उनिहरुको एउटै चिन्ता जथाभाबि खानी उत्खन् गरेर डाडैभरी फालिएको ओभरबटमका कारण बर्षायाममा बिद्यालय पनि बगाउँछ । पढ्न र पढाउन पाईदैन भन्ने ठुलो चिन्ता रहेको बिद्यालयकी शिक्षका गिता संजेल दुखेसो गर्नुहुन्छ ।

खानीको फैदैमा बिद्यालय भएकाले खानी चलाउने हो भने यसलाई अन्यत्र सार्नुको बिकल्प नभएको बताउँदै शिक्षका संजेल भन्नुहुन्छ –माथी खानीपटि हेर्दा कहाली लाग्छ । बर्षायाममा त बिद्यालय लगिहाल्छ । खानीबाट चुनढुङगा ब्यबस्थित रुपमा निकाल्नुपर्छ ओभरबटमको नियन्त्रण गर्नुपर्छ भनेर बिद्यालयको हितका लागि आवाज उठाउँदा मलाई लगेर प्रहरीको चिसो सिढीमा हालियो । आवाज उठाउनेहरुको आवाज बल प्रयाग गरेर थुनिन्छ ।’

यो हिउँदमा सामान्य पानी पर्दा पनि खानी क्षेत्रमा पहिरो लडेको भनेर चिन्ता गर्दै गरेका शिक्षक र बिद्यार्थीहरु अहिले पनि उत्तिकै चिन्तामा छन् । यता तल बस्तिका वासिन्दाहरुको आखा खानीमा उत्खनन् गरेर खसिरहेको माटो र त्यसमा ठुलो धुलोको मुस्लो देख्ने बित्तीकै झनै चिन्ता लाग्नेगरेको गढी गाउँपालिका वडानंम्बर ५ ज्यामिरेका स्थानिय भरतप्रसाद फुयाल बताउनुहुन्छ ।

ठुलो बस्ति संगै खानी संगै रहेको शारदा माबि, ५ नंम्बर वडा कार्यालय, स्वास्थ्य चौकि, बिभीन्न संघसंस्था संगै मानब बस्ति बढी जोखिममा रहेको बताउँदे स्थानिय फुयाल भन्नुहुन्छ –गढी गाउँपालिका र यहाँको वडा कार्यालयले एकले अर्कालाई दोस लगाएर खानीबाट जताततै फालिएको ओभरबटम नियन्त्रण गर्नका लागि चासो दिईएन ।’ ठुलो बस्तिको बिचमा रहेको मजुवा खानी ब्यबस्थित रुपमा संचालन गर्नुको सट्टा जथाभाबि रुपमा प्राबिधिकको उपस्थिती बिना खानी उत्खनन् गर्ने र यहाँका गहिरा, खोल्सा, डाडैभरी ओभरबटम फाल्दा यो समस्या परेको स्थानिय वासिन्दाहरु बताउँछन् ।

पुर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले खानी संचालन गर्दा पहिले स्थानिय वासिन्दा, वडा कार्यालय, गाउँपालिका कार्यालय संग गरिएका सहमती पालना गरेर मात्र खानी संचालनमा लागि माग गरिएको तर त्यसको सुनुवाई नभएको बस्ति संरक्षण समितिका सचिब ईन्द्रजित देबकोटा बताउनुहुन्छ । सहमती गरेका धेरै सर्त उद्योगले पालना नगरेको उहाँ बताउनुहुन्छ । जिल्ला समन्वय समिति र वडा कार्यालयमा भएका सबै सहमती कार्यनयन गर्नका लागि दबाब दिइएको र केही सहमती मात्र काम हुदै गरेको गढी गाउँपाकिला वडानंम्बर ५ का अध्यक्ष जितबहादुर घिमीरे बताउनुहुन्छ ।

खानी संचालन गर्नका लागि हेटौंडा सिमेन्ट उद्योग, चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्ट्रक्सनले ओभरबटम ब्याबसथापन गर्नका लागि खानीमै जाली भरेर ग्रेभल निस्कनै नदिने, ज्यामिरे देखि कालिवन, सिमल्टार सम्म सिमेन्टको क्रंकिट ढलान सहितको ठुला चेकड्याम हाल्ने, स्थानिय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने, सिमेन्ट उद्योगले बिद्यालय स्थान्तरण गर्ने, खानी प्रभाबित घर, जग्गाको मुहाब्जा दिने लगायतका सहमती भएको छ । ती सहमती मध्यमा ज्यामिरेमा स्लाब ढलानको काम भईरहेको छ । तर बस्ति संरक्षण गर्नका लागि कुनै पनि काम नभएको स्थानिय वासिन्दाहरु बताउँछन् ।

मजुवाखानी संचालन गर्नका लागि पहिले स्थानिय वासिन्दा र गाउँपालिका संग भएका संझौता कार्यनयनबाट नभागिने हेटौंडा सिमेन्ट उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपाने बताउनुहुन्छ । उद्योग संग भएका सहमती बिस्तारै कार्यनयमा लगिने उहाँले बताउनुभयो । खानीबाट निस्कीएका ओभरबटम ओमसायी कन्ट्रकसनलेनै ब्याबस्थापन गर्ने गरी ठेक्का गरिएको र उसैले ब्याबसथापन गर्नुपर्ने अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

यसैगरी चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्ट्रक्सनका संचालक होमनाथ गौतमले भने ओभरबटम ब्याबस्थापनका लागि टिफरबाट ओसारेर गढी गाउँपालिकाको बुङदलमा ल्याउन थालिएको बताउनुभयो । स्थानियको चर्को बिरोधपछी अहिले उत्खनन् गर्दाको ओभरबटम ल्याएपनि खानी क्षेत्रको डाडैभरी छरिएको ग्राभेल, ढुङगा, माटोको ब्याबस्थापन गर्नका लागि ठुलै चुनौती रहेको स्थानियको भनाई छ ।

0 comments

Write Down Your Responses