Powered by Blogger.
मकवानपुरलाई सडक मानवमुक्क्त जिल्ला घोषणा गरिदैँ

Image may contain: one or more people, people sleeping, people sitting and indoorमकवानपुर / मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिने भएको छ । बिहिबार जिल्ला समन्वय समिति मकवानपुरले पत्रकार सम्मेलन गर्दै यही फाल्गुन ४ गते शनिबार मानवमुक्त जिल्ला घोषणा गरिने जानकारी दिएको हो ।
सडकपेटीमा अनाथ, व्यावारिसे र असहाय रुपमा रहेका मानिसहरुलाई खाना, नाना र छानाको व्यवस्था गर्दै संरक्षण गर्ने उद्देश्यले सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिने समितिले जनाएको छ ।
३ नम्बर प्रदेश सरकारले सुखी नेपाली, समृद्ध नेपाल बनाउने लक्ष्य अनुरुप सडक मानव मुक्त प्रदेश बनाउने उदेश्यसहित मकवानपुर जिल्लाबाट सो अभियान सुरु गरिने लागिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

हाल मकवानपुरमा ११ वटा बाल गृहमा २४८ जना बालबालिका, ५ वटा वृद्धाआश्रममा ५९ जना वृद्धवृद्धा र मानव सेवा आश्रममा १३० जनाले आश्रय पाइरहेको पत्रकार सम्मेलनमा जानकारी गराईको थियो ।
जिल्लाका स्थानिय तहहरु, सुरक्षा निकायहरु, गैरसरकारी संस्थाहरु, नीजि क्षेत्र, धार्मिक संघसंस्था र समुदाय सबैको सहकार्यमा अनाथ, असहाय र वेसाहारा सडक मावनरहित जिल्ला घोषणा गर्न प्रतिवद्धता जाहेर गरिएको समितिका उपप्रमुख भगवती पुडासैनीले बताउनु भयो ।
४ गते शनिबार बिहान १० बजे हेटौँडा ४ भुटनदेवी स्कुल परिसरमा जम्मा भइ र्याली निकाली मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा मुख्यमन्त्रि डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा घोषणा गरिने बताईएको छ ।

0 comments

Write Down Your Responses