Powered by Blogger.
१६ मिटर सडक विस्तारमा हेटौडाका सबै घरधनी खुसी छन् : कृष्ण कटुवाल-अध्यक्ष मउवा संघ

हेटौडा / मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले राजमार्गको दायाँ—बायाँ १६÷१६ मिटर सडक विस्तार गर्ने प्रदेश सरकारको निणर्यमा हेटौडा व्यवसायी खुसी भएको बताएका छन् ।

आज रेडियो सरोबरको कार्यक्रम चिया गफमा कुराकानी गर्दै कृष्ण बटुवालले हेटौडाका सबै घरधनी संग बसेर छलफल गरेको बताउदैँ यो निर्णय सबैका लागि मान्य हुने निर्णय भएको बताएका छन् । २५ मिटर फराकिलो बनाउँदा धेरैको उठिवास हुने र १६ मिटरमा क्षति कम हुने भएका कारण सबै हेटौडाका घरधनी यस निर्णयमा सहमत भएको बताए ।

केहि घरधनीहरुले मुआब्जा नदिए आन्दोलनको चेतावानी समेत गर्ने कुरा गरिरहदा यस तर्फ के भन्नु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष कटुवालले भने,“हामीले धेरै घरधनी संग छलफल गरि १६ मिटर सम्ममा मुआब्जा नलिने सहमती गरेका छौँ ।” उनले थपे, यदाकता केहि गुनाषा आईरहेता पनि अधिकाँशलाई खुसी पार्न नसक्ने भन्दै यस निर्णयमा अधिकाँश घरधनी सहमत छन् । ” सडक विस्तारले केहि व्यवसायीहरुलाई असर परेता पनि अधिकाँश व्यवसायीहरुलाई सडक विस्तारले सहज हुने बताए ।

0 comments

Write Down Your Responses