Powered by Blogger.
यरिया ४ ले उपाध्यक्ष पदका उम्मेद्वार लियो पराजुलीलाई साथ दिने

बुटवाल /  लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको वर्ष २०१९/२० उपाध्यक्ष पदको उम्मेद्वार लियो शिशिर पराजुलीलाई यरिया ४ ले साथ दिने बताएका छन् । मकवानपुरका उपाध्यक्ष पदका उम्मेद्वार पराजुलीले आफ्ना लियो पदाधिकारीलाई साथमा लिएर चुनाव प्रचारप्रसारलाई तिव्रता दिन आज मंगलबार यरिया ४ को बुटवालमा आईपुगेका हुन् ।

यरिया ४ को ४ वटा जिल्लाका लियोका पदाधिकारी विचमा अन्र्तक्रिया तथा भेटघाट कार्यक्रम गरेका हुन् । सो भेटघाटमा पराजुलीले लियोका सम्पुर्ण अध्यक्ष तथा पदाधिकारीहरुलाई  उपाध्यक्ष पदमा विजयी गराउन आग्रह गरेका छन् । पराजुलीले रिजन—रिजनमा कार्यक्रम गर्ने र जिल्ला परिषद्लाई बलियो र राम्रो बनाउदै आफ्नो कार्यकालमा तालिमै—तालिमको वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लियो पराजुलीले परिषद्लाई चुस्तदुरुष्त राख्नको लागि एक पटक मौका दिन आग्रह गर्दै उनले भने,“२७ बर्ष सम्म मकवानपुरका लियोमा नेतृत्व नपाईरहेको अवस्थामा अबको कार्यकालमा मकवानपुरले नेतृत्व पाउनेमा आशावादी छौँ ।” उनले थपे“ परिषद्लाई चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेद्धारी रहेको छ, केहि विधिविधान संशोधन गर्नु आवश्यक रहेको भन्दै यस तर्फ समेत पहल हुनेछ ।”

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पराजुली जिल्ला परिषद् ३२५ बि २ को सह—कोषाध्यक्ष, स्वावियु मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष हुन् भने लियो क्लव अफ हेटौडा लर्ड बुद्धका पुर्व अध्यक्ष, लियो जिल्ला परिषद्को आर्थिक कोषबृद्धि समितिको सदस्य भएर कार्य समेत गरिसकेका छन् । सो कार्यक्रममा यरिया ४ का लियो परिषद्का पदाधिकारी, लियो क्लवका अध्यक्ष तथा पदाधिकाीहरुको उपस्थित रहेको थियो । चुनाव चैत २ गते यरिया ४ को बुटवालमा हुनेछ ।

0 comments

Write Down Your Responses