Powered by Blogger.
हेटौंडामा मनोविमर्श तालिम सुरु


मकवानपुर । प्रदेश नम्मर—३ को राजधानी हेटौडामा लागुऔषध पुर्नस्थापना केन्द्र संचालन गरिरहेका अभियानकर्तालाई मनोविमर्श तालिम सुरु गरिएको छ । 

प्रदेश स्तरिय तालिम सिआन पुर्नस्थापना केन्द्र हेटौडा र लियो क्लव अफ हेटौडा भुटनदेविको संयुक्त आयोजनामा शुक्रबारबाट शुरु भएको हो । 

शुक्रबार हेटौंडा स्थित केन्द्रको हलमा भव्य समारोहबीच उद्घाटन गरिएको हो ।  सिआन पुर्नस्थापना केन्द्र हेटौडाका अध्यक्ष सौजन डिसिको सभाध्यक्षता तथा प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका सदस्य माननीय श्यामकुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

प्रमुख अथिति बस्नेतले लागुऔषध प्रयोगकर्ता दिनानुदिन बृद्धि भईरहँदा सरकारले संचालन गर्नु पर्ने सुधार केन्द्र युवाहरु मिलेर संचालन गरिरहँदा यो सराहनीय कार्य भएको बताए । 

उनले,‘लागुऔषधको क्षेत्रमा पनि अब बर्षमा नीति तथा योजना बनाउने र उत्पादन मुलक कार्यक्रममा सुधार केन्द्रका युवाहरुलाई परिचालन गरेमा यस्ता केन्द्र संचालन गर्न सहज हुने भन्दै राज्यको तबरबाट गर्नु पर्ने सहयोग सदैव हुने उनले बताए । 

तालिममा प्रदेश नम्बर २, प्रदेश नम्बर ३, र प्रदेश नम्बर ४ मा लागुऔषध पुर्नस्थापना संचालन गरिरहेका २० जना अभियानकर्ताहरुको सहभागिता रहेको लियो क्लव अफ हेटौडा भुटनदेविका वर्ष २०१८÷१९ का अध्यक्ष तथा यस तालिमको कार्यक्रम संयोजक अनिल अधिकारीले बताए । 



यस कार्यक्रमले सहभागीहरुको मनोसामाजिक समस्याबारे अवधारणागत रुपमा स्पष्ट भई मनोसामाजिक समस्याका आधारभुत लक्षणहरुको पहिचान गर्न सक्ने क्षमता विकास, मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग प्रदान गर्ने सीप विकास तथा मनोसामाजिक समस्या, मनोविमर्श लगायतका विषयहरुमा सचेतीकरण कार्यक्रमहरु संचालन गर्ने क्षमता अभिवृद्धि हुने साइक डेक्स फाउण्डेसन तथा द स्कुल अफ साइकोलोजिकाका कार्यक्रम संयोजक ज्योत्सना डाँगीले बताईन् । 

तालिममा हेटौडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारी, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको अध्यक्ष सन्तराम बिडारी, सुधारकर्मी तथा सिआन पुर्नस्थापना केन्द्रका अभिभावक दिपु लामा, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति सदस्य रुपक कालिराज लगायतको आतिथ्यता रहेको थियो । 

हेटौंडाका युवाहरुले  यो संस्था चलाइरहेकोमा लागु औषधका दुव्र्यसनीहरुलाई पुर्नजीवन दिइरहेको सामाजिक संस्था सिआन पुर्नस्थापना केन्द्रले पछिल्लो समय आफ्नो गतिविधी बाक्लो ढंगले अघि बढाइरहेको छ । उद्घाटन कार्यक्रम पछि अतिथीहरुले संस्थाको सबै गतिवीधीको प्रत्यक्ष अवलोकन गर्नुका साथै संस्थालाई अझ ज्यादा प्रगतिको लागि शुभकामना समेत दिएका थिए ।  

सहभागीहरुले यो महान अभियानमा सबैले होस्टेमा हैंसे गरी सहयोग पु¥याइदिन जरुरी छ  भन्दै उत्साही युवाहरुको यो प्रयासलाई साधुवाद दिए ।  


0 comments

Write Down Your Responses