Powered by Blogger.
पुर्व अर्थमन्त्री पाण्डेद्धारा खड्बु स्थित श्री महाचुनी माविको नवनिर्मित भवन उद्घाटन


मकवानपुर(खड्बु) । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री एवं प्रतिनिधीसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डेले शिक्षा भएको मान्छे नै धनी हुने भएकाले सबै अविभावकले अफ्ना सन्तानलाई स्तरीय शिक्षा दिलाउनुपर्ने बताएका छन् । 

उत्तरी मकवानपुरको इन्द्रसरोबर गाँउपालिका खड्बु स्थित श्री महाचुनी माविको ५९ औं अविभावक भेला तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

पुर्वमन्त्री पाण्डेले बालवालिका पढाएमा अविभावकले भोलीका दिनमा सुख पाइन्छ भन्ने कुरा कसैले नबिर्सन सुझाव दिए । ६ दशकको क्रममा विद्यालयले धेरै विकास गरेको भन्दै उनले सो स्थानको विकासका लागि आफ्नो क्ष्मताले भ्याएसम्म लागिपर्ने प्रतिवद्धता जनाए । 

प्राविधिक शिक्षा नै आजको अनिवार्य आवश्यकता भन्दै उनले विद्यार्थीलाई प्राविधिक पाटोमा अब्बल बनाउन सके सिङ्गो समाज नै बदलिने समेत तर्क गरे । 

वर्तमान सरकार समाजवाद उन्मुख भएको र त्यसको पहिलो खुड्कीलो शिक्षा रहेको भन्दै उनले शिक्षाका साथै स्वास्थ्य, आवास र वृद्धवुद्धाको सामाजिक सुरक्षालाई सरकारले प्राथमिकता दिनुपर्ने औंल्याए  । 

आगामी वर्षको बजेटमा वुद्धभत्ता बढ्नुका साथै युवा रोजगाीका कार्यक्रम समेटिने उनको विश्वास थियो । उनले सो भवन बनाउनका लागि महायज्ञ लगाइएको अवस्थामा पनि आएको स्मरण गर्दै सो स्थानको विकासका लागि हेटौंडा फाखेल चखेल मातातिर्थ सडकलाई स्तरोन्नती गरिने प्रतिवद्धता समेत जनाए । 

उनले कार्यक्रममा २ वटा नव निर्मित भवनको रिवन काटेर उद्घाटन गर्नुका साथै ताम्रपत्र अनावरण, शिलालेख अनावरण, विद्यालय परिसरमा वृक्षारोपण, पुस्तकालय कम्प्युटर ल्याव, आइसिटी स्मार्ट क्लास अवलोकन तथा विधिवत सञ्चालन शुभारम्भ गरेका थिए । 



कार्यक्रममा मकवानपुर–२ का संघीय सांसद बिरोध खतिवडाले चखेल–मातातिर्थ–काठमाडौं सडक दुरीका हिसावले सबैभन्दा छोटो भएकाले यसको विकासमा जोड दिने बताए । सबै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउँदै विकासको काममा सबै एकजुट भएर अघि बढ्न आग्रह गरे । सांसद खतिवडाले आगामी दिनमा मकवानपुर जिल्लाबाट  काठको विद्युत पोल विस्थापित गरी सिमेन्टेड र स्टीलको प्रयोग हुने आश्वासन दिए । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष जीवन लामाले गाँउको आगामी वर्षको बजेटमा शिक्षाको गुणस्तरीयता वृद्धिका लागि विशेष ध्यान दिइने बताए । 

उनले नियम, कानुन र संविधानले नचिनेका निकाय र संस्था तथा तिनको भूमिका बारे गम्भिरतापुर्व हेरिनुपर्ने बताउँदै विद्यालयहरु ‘मेरो’ मात्र नभइ ‘हामी सबै’को बन्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा  प्रधानअध्यापक शान्तलाल लामाले आय व्यय प्रस्तुति गरेका थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडाअध्यक्ष धनराज महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा ईसिईडि र कक्षा १ देखि १२ सम्मको वार्षिक परिक्षामा प्रथम, द्वितीय, तृतीय तथा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो वितरण तथा सम्मान पत्र प्रदान लगायतका कार्यहरु गरिएको थियो । विद्यालयको सर्वोत्कृष्ट शिक्षकको रुपमा जनसंख्या विषयका विषय शिक्षक सरस्वती बलामी पुरस्कृत भएकी छन् । विद्यालयको आधारभुत तह कक्षाको सर्वोत्कृष्ट कक्षा २ का निर्मल स्याङ्तान, कक्षा ६ देखि ९ को सर्वोत्कृष्ट कक्षा ८ का प्रदीप वाइवा, अनुशासन तर्फ फुर्वादोर्जे लामा, २०५ दिन हाजिरी सहित हाजिरी उत्कृष्ट कक्षा ८ का  इशाक वि.क. पुरस्कृत भएका छन् । 

कार्यक्रममा अखिल नेपाल महिला संघकी पुर्व महासचिव पुर्णशोभा चित्रकार, नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव तथा समाजसेवी रामचन्द्र बल, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी,  प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक दिपेन्द्र सिं सामन्त, राडो नेपाल मकवानपुरका प्रमुख कृष्ण धिताल, शिखरापुर क्याम्पस फर्पिङका प्रमुख निरोज श्रेष्ठ, फाखेल चौकी प्रमुख शिव प्रसाद मंगल यादव लगायतको आतिथ्यता रहेको थियो । 



साबिक फाखेल गाउँ विकास समितिकै  महत्वपुर्ण मानिने एक शैक्षिक धरोहरको रुपमा रहेको उक्त विद्यालयको भवन वि.स. २०७२ सालको विनाशकारी भूकम्पले जिर्ण बनाएपछि २०७५ सालमा नयाँ निर्माण भएको थियो । 

प्लान नेपाल मकवानपुरको आर्थिक सहयोग र राडो नेपाल मकवानपुरको प्राविधिक सहयोगमा  विद्यालयको २ वटा भवन निर्माण सम्पन्न भएको हो । 

कार्यक्रमको सञ्चालन स्थानीय सञ्चारकमी द्धोय पुस्कल गोले र मन्जरी बलामीले गरेका थिए भने कार्यक्रममा विद्यार्थीहरुले विविध रोचक प्रस्तुती समेत दिएका थिए । 

0 comments

Write Down Your Responses