Powered by Blogger.
टिस्टुङका वरिष्ठ समाजसेवी रामबहादुर जोशीको निधन, शुक्रबार श्रद्धाञ्जली सभा हुँदै


काठमाडौं । टिस्टुङ–बज्रबाराहीका वरिष्ठ समाजसेवी रामबहादुर जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । जोशीको यही असार १ गते निधन भएको हो ।

वि.सं १९८८ साल वैशख १ गते जन्मिएका जोशी तत्कालिन टिस्टुङ थहचोक पञ्चायतका दुइ कार्यकाल प्रधानपञ्च थिए ।

२०४६ सालपछि नेपाली काँग्रेसको स्थानीय राजनीतिमा होमिएका जोशी समाजसेवी तथा शिक्षासेवी समेत हुन् ।
उनकै पहलमा टिस्टुङ उपत्यकामा पहिलो पटक विद्यालयको सुरुवात गरिएको बताइन्छ । 



साधारण व्यक्तित्वका धनी जोशीका ५ छोरा र दुई छोरी छन् । यसैबीच जोशीको निधनप्रति रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद महर्जन, टिस्टुङ बज्रवाराही नेवा पुचःका अध्यक्ष हरिगोपाल श्रेष्ठ र हलि नेवा गुठी टिस्टुङ कचाःका अध्यक्ष मनोरथ बलामीले स्वर्गीय जोशीको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको निधनले टिस्टुङ क्षेत्रको एक समाजसेवी र अविभावक गुमाउनुपरेको बताएका छन् । उनीहरुले जोशी परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।

यसैबीच स्वर्गीय जोशीको स्मृतिमा १३ औं दिनको पुण्य तिथीको अवसर पारी बाराही चौर स्थित सुमार्गी भवनमा श्रद्धाञ्जली सभा हुने भएको छ । 

सो कार्यक्रममा विहान ११ बजे उपस्थित हुन आयोजकहरुले सम्पुर्ण टिस्टुङवाशीलाई आग्रह गरेका छन् । 




0 comments

Write Down Your Responses