Powered by Blogger.
हली नेवा गुठीको पहलमा टिस्टुङमा अस्पताल बनाउने प्रतिवद्धता


टिस्टुङ । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक टिस्टुङ उपत्यकामा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने सोच अघि सारिएको छ । 

बुधबार टिस्टुङमा हलि नेवा गुठी टिस्टुङ कचाः द्धारा आयोजना गरिएको एक कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

गुठीले सो गुठी अन्तर्गतका केन्द्रीय निर्वाचित पदाधिकारी र संरक्षकको सम्मानमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा अघि सरिएको हो ।

कार्यक्रममा संस्थका अध्यक्ष जुजुमान श्रेष्ठ, संरक्षक शान्तप्रकाश श्रेष्ठ, महासचिव विनोद महर्जन लगायत शिक्षा, स्वास्थ्य, संस्कृति, मृत्यु संस्कार लगायतका विभागका संयोजकहरुको समेत उपस्थिती रहेको थियो ।

टिस्टुङ कचाःका अध्यक्ष मनोरथ बलामीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अतिथीहरुले सो क्षेत्र भ्रमण गर्दा एउटा सुविधा सम्पन्न अस्पतालको आवश्यकता खड्किएको महशुस गर्दै सो निर्माणका लागि पहल गरिने आश्वासन दिए । 


अस्पताल नीजि वा सामुदायिक कस्तो र कसरी बनाउने भन्नेमा पछि टुङ्गोमा पुगिने बताउँदै हलि नेवा गुठीले आफ्नो सामाजिक कामको क्षेत्रका रुपमा टिस्टुङलाई पनि समेटेर जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महासचिव विनोद महर्जन, थाहा नगरपालिकाका वडा नम्मर ६का अध्यक्ष शशिधर सुवेदी लगायतले आगामी दिन सामाजिक काममा साथसाथै अघि बढ्न आफुहरु तयार भएको बताएका थिए ।

नरहरी गोपालीले सञ्चालन गरेको सो कार्यक्रममा सिताराम गोपालीले स्वागत भाषण र राजभाइै श्रेष्ठले विषयवस्तुमाथी प्रकाश पारेका थिए ।


0 comments

Write Down Your Responses