Powered by Blogger.
नवप्रज्ञापनको ८४ औँ बहुभाषा कथा विशेषाङ्क सार्वजनिक


काठमाडौँ । साहित्यिक त्रैमासिक नवप्रज्ञापनको ८४ औँ बहुभाषा कथा विशेषाङ्क एक समारोहबीच औपचारिक रुपमा सार्वजनिक गरिएको छ । 

बिहीबार आयोजित एक विशेष समारोहमा विशेषाङ्क सार्वजनिक गरिएको हो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम विडारी, साहित्यकार एवं लघुकथा विज्ञ डा. पुष्करराज भट्ट, रेखाङ्कन मासिकका प्रधानसम्पादक शैलेन्द्र केसी, अधिवक्ता शिव देवकोटा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा पत्रिका प्रकाशक सम्पादक नवराज रिजालले अथक मेहनका साथ विशेषाङ्कन प्रकाशन गरेको बताउँदै साहित्यिक पत्रकारिता चुनौतिपूर्ण मोडमा रहेको जानकारी दिनुभयो । 

उहाँले राज्यले साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको गुनासो पनि गर्नुभयो । त्यसैगरी पत्रकार महासंघ काठमाडौँका अध्यक्ष बिडारीले नेपाली साहित्यिक पत्रकारिता जगतमा नवप्रज्ञापन त्रैमासिकको विशेष योगदान रहेको चर्चा गर्दै राज्यले गर्नुपर्ने काम व्यक्तिको प्रयासमा गरेकोमा नवप्रज्ञापन परिवारलाई विशेष धन्यवाद दिनुभयो । 

साहित्यिक पत्रकारितालाई मूल प्रवाहमा ल्याउन राज्यका तर्फबाट हुनसक्ने सहयोग सुविधा प्राप्तिका लागि पत्रकार महासंघ सदा साथमा रहने अध्यक्ष बिडारीको भनाइ थियो । 

कृतिमा राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार सूचिकृति ११ भाषामध्ये १० भाषाभाषीको चर्चित कथाकारहरुको कथा समावेश छ ।  



0 comments

Write Down Your Responses