Powered by Blogger.
कैलाशमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न



कैलाश÷कैलाश गाउँपालिकाको आयोजना र एस.एम.एस मिडिया प्रालिको संयोजनमा कैलाश गाउँपालिकाको वडा नम्बर १० मा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
   कैलाश गाउँपालिकाले सेवा प्रदायक निकाय र सेवाग्राहीहरूबीच गाउँपालिकाको कामलाई पारर्दर्र्शी र सेवा ग्राहीलाई काममा सहजीकरण गर्ने उद्देश्यले भएको सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकी उपाध्यक्ष सुकुमाया थिङले बताईन् । 
  कार्यक्रममा एस.एम.एस मिडियाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्णसारु मगरले गाउँपालिकाले गरेको काम,सेवाग्राहीहरुको बुझाई र विकास निमार्णको स्थितीबारे गरेको स्थलगत सर्बेक्षणको बारे कार्यपत्र प्रस्तुत गरेका थिए  ।  
   कार्यक्रमका उपस्थित स्थानीय वासिले वडा नम्बर १० सँगै समग्र गाउँपालिका कृषि क्षेत्र क्षेत्रमा र्निर्भर भएपनि कृषि क्षेत्रमा पर्याप्त बजेट नभएको गुनासो गरेका छन् । त्यस्तै गाउँपालिकाका कार्यलयमा  कर्मचारी समयमा उपस्थित नहुने र काममा ढिलासुस्ती हुने गरेको र आम जनताले सास्ती पाईरहेको, योजनाको सहि मुल्याङकन  नभएको तथा विवेद भएकोे, शिक्षामा प्रर्याप्त बजेट तथा शिक्षक नहुँदा विद्यालय संचालन गर्न समस्या उत्पन्न भएको, बिकासका योजनामा रकम उपलब्ध गराउन नसकेको गुनासोहरु राखेका थिए । 
सो गुनासोलाई कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान,उपाध्यक्ष सुकुमाया थिङ,वडा अध्यक्ष मानिकलाल तामाङ लगायत गाउँपालिकाका पदाधिकारीहरुले सेवाग्राहीले उठाएका प्रश्नको  जवाफ दिएका थिए । 
गाउँपालिकाका अध्यक्ष मोक्तानले  विकास सबै क्षेत्रमा समानरुपले गर्नु पर्नेभन्दै आफ्नो कार्यकालमा सबै समस्याहरु समाधान गर्न लागिपरेको बताए । जनताको सेवा गछौँ भनेर आएका हामी जनप्रतिनिधिहरुले जनताको हितको लागि काम गरिरहेको भन्दै ढिलासुस्तीमा जनप्रतिनिधिहरुले भन्दा पनि कर्मचारी पर्याप्त नहुनाले यस्तो समस्या आएको नसकेको उनको जिकिर छ । 
गाउँपालिकामा नियमित रुपमा कार्यालयमा कर्मचारीलाई उपस्थित गराउन नसक्नुको कारण के हो ? अध्यक्ष ज्यू भन्ने प्रश्नमा उनले थपे,‘सिमित स्रोतसाधनको अभावमा कहीँकतै त्रुटि भएको हुन पनि सक्छ,’ ‘निजामती सेवामा ३९ जना हुनु पर्नेमा जम्मा ९ जना कर्मचारी छन् । त्यसले गर्दा पनि कर्मचारी अभावमा कामले गति पाउन नसकेको हो ।’ जनताको कामलाई सहजहोस भन्ने उदेश्यले थोरै कर्मचारीबाट मिलाएर काम गराउदा केहि समस्या रहेको उनले बताए । आफुले दरबनिद अनुसारको कर्मचारी उपलब्ध गराईदिन सम्बन्धित निकायहरुमा पहल गरि रहेको वताउदै ,आउदाँ दिनहरुमा यस्ता समस्याहरुलाई समाधान गर्दै जाने र जतना समेत सचेत भई दिनको लागि आग्रह समेत गरे । 
वडा नम्बर १० का वडा अध्यक्ष मानिकलाल लामाको सभाध्यक्ष्तामा भएको कार्यक्रममा वडावासीहरुले स्थानीय तहमा लामो समय जनप्रतिनिधि नभएको अवस्थामा विकास पछाडि परेको जनप्रतिनिधि आएपछि गाउँपालिकाको विकासका कामले देखिएको वताए । 

0 comments

Write Down Your Responses