Powered by Blogger.
अनाश्रित बालवालिका उत्थान केन्द्रलाई क्यानडाबाट सहयोगको प्रतिवद्धता


काठमाडौं । राजधानी काठमाडौंको मुटु डल्लुमा रहेको श्री आनाश्रित बालवालिका उत्थान केन्द्रलाई समाजसेवी  कर्णबहादुर विक परिवारले सहयोग गरेको छ । 

गत शनिवार डल्लु स्थित केन्द्रमा नै आयोजीत सहयोग हस्तान्तरण कार्यक्रममा विक परिवारले सहयोग गरेका हुन् ।  

सफल व्यवसायी  तथा समाजसेवी कर्ण विक सुन व्यवसायका साथै सहकारीमा समेत आवद्ध छन् । उनले विगत एक वर्षदेखि उक्त संस्थालाई निरन्तर सहयोग गर्दै आएकामा अब दोस्रो वर्षमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

हाल क्यानडा निवासी स्वयम कर्ण विकका दाईको छोरारनेश विश्वकर्माले पनि सो केन्द्रलाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीले जानकारी दिए ।

 विक परिवारले गतहप्ता पाँच हजार नगद सहित संस्थालाई खाद्यान्न सहयोग गरेको बताइएको छ । आगामी दिन संस्थामा आश्रित एक दर्जन बालवालिका मध्ये एक जनालाई नियमित पठन पाठन र खानाको प्रवन्धको लागि सहयोग गर्दै आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

समाजसेवी विक परिवारलाई संस्थाका अध्यक्ष कृष्ण शिवाकोटी र कोषाध्यक्ष उर्मिला शिवाकोटीले खादा लगाएर सम्मान समेत गरेका थिए ।

उक्त संस्थाले केही वर्षदेखि विभिन्न दुर्गम स्थानका आमा बाबु गुमाएका टुहुरा बालवालिका ल्याएर पालन पोषण र शिक्षा दिलाउने काम गर्दै समाजमा नमुना संस्थाको पहिचान बनाउन सफल भएको छ । 



0 comments

Write Down Your Responses