Powered by Blogger.
ठमेल पर्यटन विकास परिषदमा चुनावी माहोलः मनाङ्गेको कब्जामा प्रकाशनरसिंह


काठमाडौं । लामो रसाकस्सी पछि जेठ २५ गते चुनाव हुने भनिएको ठमेल पर्यटन विकास परिषद् (टिटिडिसी) निर्वाचनमा ३ वटा टिम मैदानमा उत्रिएका छन् ।

५० वर्ष पुरानो ठमेलको इतिहास छ । त्यसमा ३० वर्ष पुरानो इतिहास यो परिषद्ले बोकेको छ । यस अघि कहिल्यै नभएको निर्वाचन यसपाला हुने भएको स्थानीय व्यवसायीको भनाइ छ ।

परिषद्का पछिल्ला इतिहास हेर्दा सधैंजसो डन र धनको बलमा परिषद् कब्जा गर्ने तथा पर्यटनको राजधानीका रुपमा रहेको ठमेललाई दुहोनो गाई बनाउने प्रथा अन्त्य हुनु पर्ने व्यवसायीको धारणा छ ।

२५ गते हुने २४औं साधारण सभाका लागि अध्यक्ष पद सहित ३ वटा प्यानल दर्ता भएका छन् । जसमा युवा समाजसेवी अर्जुनलाल प्रधान नेतृत्वको एउटा समूह र ठमेलकै पुरानो व्यवसायी प्रकाश नरसिंह राणा र हालकै अध्यक्ष रहेका समीर गुरुङका छुट्टा छुट्टै प्यानल खडा भएका छन् ।

पछिल्लो सर्वेक्षणले समाजसेवी छवि बनाएका युवा उम्मेदवार अर्जुनलाल प्रधानको पल्ला भारी देखाएको छ । उनलाई संस्थापक अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ सहित बहुसंख्यक अध्यक्षहरुले समर्थन गरेपछि उनको जित सुनिश्चितप्रायः भएको हो ।

७८८ वैधानिक मतदाता रहेको यो चुनावमा मतदाताहरुबीच गरिएको नमूना मत सर्वेक्षणले अर्जुनलाल प्रधानलाई विजयोन्मुख रहेको देखाएको छ ।

अध्यक्ष पदको प्रत्यासी बन्ने ५० हजार रुपियाँ सहित उम्मेदवारी दर्ता गराउनु पर्ने नियम राखेको परिषद्को यसपालाको निर्वाचनको उम्मेद्वारी पनि रोचक घटनामा बितेको छ ।

गत माघमै हुनु पर्ने निर्वाचन अध्यक्ष गुरुङले नयाँ सदस्यहरुलाई प्रवेश गराउन नमाने पछि रोकिएको थियो ।
चुनाव नगराउने सहमतिमै टुंग्याउने भनिए पनि अन्तिम समयसम्म कसैले कसैको टिम मिलाउन नसकेपछि ३ वटा टिम बन्न पुगेका हुन् ।

पुराना अध्यक्ष र ठमेलमा इज्जत बनाएका व्यवसायीहरुले अन्तिम समयसम्म सर्वसम्मतिका लागि प्रयास गरेका थिए ।

‘अन्तिमसम्म सहमतिको भनिएपनि अध्यक्ष समिरको रणनीति नै चुनाव गराउने थियो । प्रतिपक्षीहरुलाई कमजोर पार्न उनले उम्मेदवारी दर्ता अघिसम्म झुलाउने काम गरे,’ नाम नखोल्ने सर्तमा एक व्यवसायीले भने, ‘यो परिषद् जसको शक्ति उसकै भक्ति भनेजस्तो बनेको छ । यसपालाबाट यो परम्परा तोड्नै पर्छ ।’

रोचक पक्ष के देखियो भने, साधारण सभाको हप्ता दिन भित्र उम्मेदवारीबारे टुंगो लागिसक्नुपर्ने व्यवस्था भएपनि २५ गते हुने साधारण सभाका लागि २२ गते राति मात्रै तिनवटै पक्षको प्यानल दर्ता भएको थियो ।

त्यतिबेलासम्म ठमेल क्षेत्रको डनका रुपमा चिनिदै आएका दिपक मनाङ्गेले एउटा टिमलाई होटेलमा थुनेर राखेको चर्चा भयो । 

परिषद्का पूर्व अध्यक्ष समेत रहेका उनले आफ्नो नाम नखोल्ने सर्तमा भने, ‘आफूले भनेका केटाहरुको नेतृत्व नआउने भएपछि मनाङ्गेले प्रकाश नरसिंह राणा लगायतको एउटा टिमलाई २ दिनदेखि नै होटेलमा कब्जा गरी राखेका थिए । जसले गर्दा सहमति गराउने कुरा हुन सकेन ।’

यस अघि राणाकै नाउँमा सहमति बन्ने तयारी थियो । 

एक साधारण व्यवसायी भन्छन्, ‘तर, समिर गुरुङ (हालको अध्यक्ष) ले आफू दोहोरिन चाहेपछि सहमति जुट्न नसक्ता उनले नै पहिलो टिम दर्ता गरेपछि अन्त्यमा आआफ्नै टिम बनाउने गरी पूर्व अध्यक्षहरुले पनि इगो’ लिएको एक साधारण व्यवसायी बताउँछन् ।

उनले थपे, ‘प्रकाश राणा दिपक मनाङ्गेको कब्जामा परे, समीरको छवि राम्रो छैन । भोलिका दिनमा ठमेलमा भइरहेको धन र डनको राज समाप्त होला कि नहोला ?’ 

पूर्व अध्यक्ष समेत रहेका तेजेन्द्रनाथ श्रेष्ठले भने, ‘हामीले अन्तिम प्रयास सबैका बिचमा सहमति गराऔं र चुनाव नहोस् भन्ने नै हो । म संस्थापक भएका नाताले पनि यी युवा, यहाँको व्यवसायी, यहाँको स्थानीय र सरकारका बीचमा समन्वय राम्रै होस् भन्ने चाहन्छु ।’

परिषद्का पूर्वअध्यक्ष श्रेष्ठ अघि भन्छन्, ‘तर के गर्ने परिषद्बाट विकृति हटाउने, अरुले भनेजस्तै आरोप धुने हाम्रो चाहना कसैले त पूरा गर्छ नै होला । अब हामी एकजुट भएर लाग्छौं । सफल त होइएला नि ।’
अर्जुनलाल प्रधान समाजसेवी र ठमेल विकासका लागि रातदिन लागेको युवा भएकाले एक पटक सबैले उसैलाई हेर्ने उनको भनाइ छ ।



परिषद् डनहरुको कब्जाबाट मुक्त राख्ने उनको घोषणा छ ।

नारा बिना नै पद पाइने ठाउँ हो ठमेल पर्यटन विकास परिषद् । काम भन्दा पनि दाम कमाउनेहरुको थलोका रुपमा यसलाई दुरुपयोग गरिएको आरोप लागिरहेकै बेला युवा समाजसेवी प्रधान भने फरक छविका उम्मेदवारका रुपमा देखिएका छन् ।

गएको गोरखा भूकम्पमा प्रहरीले समेत उद्धार गर्न नसकेका घरहरुबाट मानिसहरुको उद्धार गरेर चर्चामा आएका युवा उद्यमी अर्जुनलाल एउटा समूहका तर्फबाट अघि सारिएको अध्यक्षका प्रत्यासी हुन् ।
‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल’ नारा दिएर मैदानमा उत्रिएको उनी मात्रै पहिलो यस्तो उम्मेदवार बनेका छन् जसले घोषणा पत्र पनि अघि सारेका छन् ।

आउने २ वर्ष भित्र ठमेलको रुप र रंग फेर्ने तिनवटै समूहका वाचा छन् । तर, कसले के कति गर्छन् भन्ने कुरा त चुनाव अघि के भन्ने । चुनाव जित्नकै लागि भने पनि सबैले आफूले नै जित्ने बताइरहेकै बेला प्रधान भने एकपटक आफूलाई जिम्मा दिएमा ठमेलको परम्परा नै फेरिदिने बताउँछन् ।

बिहीबार बिहान मात्रै आफ्नो टिम घोषणा गरेको प्रधानले सञ्चारकर्मीहरुसँग भने, ‘म आफै पनि यसखाले चुनावको पक्षमा थिइँन । अन्तिमसम्म सबैको सहमतिमा नेतृत्व टुंग्याउँ भनेर लागेको हो । तर, अन्तिममा सबैले धोका दिनु भयो । आखिर सबै व्यवसायीले अब त हामीले खोजेको नेता नआउने भयो तपाईले पनि उम्मेदवारी दिनु पर्यो भने पछि मैले पनि उम्मेदवारी दिन बाध्य भएँ ।’

१५ सदस्यीय प्यानलमा समीरको ११, अर्जुनको १३ र प्रकाशको १५ सदस्य रहेका छन् ।



उम्मेदवारी दर्ताबाट मात्रै ५० लाख आम्दानी गरेको परिषद्ले यो चुनाव इतिहासकै महँगो गर्दै छ । यसपटकका लागि  ७ सय ८८  मतदाताले रहेका छन् ।

राती अबेर पुर्व एमाले र माओवादी पक्षधरहरुले एकजुछ भएर प्रधान समुहलाई समर्थन गरिसकेको र अन्य स्वतन्त्र व्यवसायीहरुको समेत प्रधान समुहलाई नै समर्थन गरेकाले सो समुहको जित सुनिश्चीत भएको बताइन्छ । 

0 comments

Write Down Your Responses