Powered by Blogger.
थाहा नगर उद्योग वाणिज्य संघले पायो महासंघको सदस्यता


मकवानपुर । उत्तरी मकवानपुरको उद्योगी, व्यापारीहरुको हकहितमा क्रियाशील थाहानगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पाएको छ । 

बुधबार काठमाण्डौंमा महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको महासंघको १२ औं बैठकले थाहा नगर उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्रदान गर्ने निर्णग गरेको हो । 

२०७२ सालमा स्थापित थाहा नगर उद्योग वाणिज्य संघले महासंघको सदस्यता पाउन संस्था दर्ता भए लगत्तै आवेदन दिएको थियो ।

 संघले महासंघ प्रदेश नं. ३ को भने गत वर्ष नै सदस्यता पाइसकेको छ । बुधबार महासंघको बैठकले थाहा नगर उद्योग वाणिज्यसंघसहित ४ वटा संघलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए । यो निर्णयपछि अब महासंघमा १ सय ८ उद्योग वाणिज्य संघ आवद्ध भएका छन् । 

कविराज खत्रीको नेतृत्व रहेको थाहानगर उद्योग वाणिज्य संघले खत्रीकै नेतृत्वमा ३ वटा व्यापार महोत्सव सफलतापूर्वक आयोजना गरेको, संघमा २ हजारभन्दा बढी सदस्य रहेको, विभिन्न स्वरोजगारमुलक  र उद्यमशीलतासम्बन्धी तालिममार्फत् व्यवसाय विकासमा टेवा पु¥याएको लगायतको आधारमा थाहा नगर उद्योग वाणिज्य संघलाई स्थापनाको छोटो अवधिमै महासंघले सदस्यता प्रदान गरेको महांघले जनाएको छ । 

महासंघले सदस्यता प्रदान गर्ने निर्णय गरेलगत्तै प्रतिक्रिया दिँदै थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष खत्रीले सबै सदस्यहरुको क्रियाशीलता, कार्यक्रमको प्रभावकारिता र महासंघको यथोचित मूल्याङ्कनले महासंघको सदस्यता पाउन सफल भएको बताए ।

 उनले अब आगामी दिनमा उद्योगी, व्यापारी र व्यवसायीहरुको हित, विकास र प्रवर्धनका लागि अझ सहज वातावरण बन्नेमा विश्वास व्यक्त गरे ।

सदस्यताका लागि प्राप्त आवेदनहरुको छानविन गरी सदस्यताको लागि सिफारिश गर्न महासंघले छुट्टै समिति बनाएको थियो  । 

उक्त समितिको सिफारिशको आधारमा महासंघको कार्यसमितिले थाहा नगर उद्योग वाणिज्य संघलाई सदस्यता दिने निर्णय गरेको हो । 

0 comments

Write Down Your Responses