Powered by Blogger.
गुरुपुर्णिमाको अवसरमा टिस्टुङ बज्रवाराही नेवा पुचःद्धारा गुरुहरुको सम्मान


काठमाडौं । टिस्टुङ बज्रवाराही नेवा पुचःले टिस्टुङ बज्रवाराही क्षेत्रमा सस्कृति जगेर्ना गर्न भूमिका खेल्ने बाजा गुरु तथा धामीहरुको सम्मान गरेको छ । 

गुरु पुर्णिमाको अवसमा गत असार ३१ गते मंगलबार टिस्टुङ स्थित सुमार्गी भवनमा सम्मान कार्यक्रम भएको हो । 
पुचः का अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सो क्षेत्रको परम्परागत मौलिक संस्कृति र सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान दिँदै आएका मूल गुरुहरुको सम्मान गरिएको बताइएको छ ।

सामुहिक गुरु पुजा कार्यक्रममा हलि नेवा गुठीका केन्द्रीय महासचिव बिनोद महर्जन लगायतको आतिथ्यता थियो । कार्यक्रममा मुल धामी मधुराम महर्जन, बाजागुरु गणेशबहादुर महर्जन लगायतको सम्मान गरिएको हो ।



0 comments

Write Down Your Responses