Powered by Blogger.
दशैंको अवसरमा मकवानपुरे समाज र रोज बहिनी ग्रुप अफ कम्पनीको आयोजनामा शुभकामना आदानप्रदान


काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले सामाजिक संस्थामा बसेर राजनीति गर्न नहुने बताएका छन् । 

समाजमा सामाजिक कामका लागि नै सामाजिक संस्थाहरु निर्माण गरिने भएकाले सामाजिक संस्थाहरुले राजनीति गर्नु नहुने तर सामाजिक व्यक्तित्वहरुको अवधारणा र सिद्धान्त भने उजागर गर्नुपर्ने बताए ।

काठमाठडौंमा मकवानपुरे समाज र रोज बहिनी ग्रुप अफ कम्पनीजले शनिबार  संयुक्त रुपमा आयोजना गरेको दशैं तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममामा प्रमुख अतिथीका हैसियतले बिडारीले यस्तो बताएका हुन् । 

मकवानपुरे समाज काठमाडौंका प्रमुख सल्लाहकार समेत रहेका वरिष्ठ अधिवक्ता बिडारीले यस्ता संस्थाहरुले चार्ड पर्व र परम्पराहरुको जर्गेनाका साथै समाजसेवाको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको भन्दै प्रशंसा समेत गरे । 

उनले मकवानपुरेहरु जोडिएको सामाजिक संस्थाहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जनाउँदै आ आफ्नो वैचारिक धार जेजस्तो भएपनि आफु आवद्ध सामाजिक संस्थामा त्यसको प्रभाव देखिन नहुने बताए । 

समाजका अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा रोज ग्रुप अफ कम्पनीजका संरक्षक माधव भण्डारी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष एवं दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी, नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यष अर्जुन गौतम लगायतले राजधानीमा बस्ने मकवानपुरेहरुलाई समेटेर सामाजिक अभियानमा समाजले अग्रणी भुमिका निर्वाह गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरे । 

कार्यक्रममा रोज बहिनी ग्रुप अफ कम्पनीजका प्रमुख विजया भण्डारी, समाजका सल्लाहकारहरु, रबिन्द्र श्रेष्ठ, कृष्णकुमार घलान, श्यामबहादुर महत, कानुनी सल्लाहकार हेममणि सुबेदी, समाजको महिला समिति संयोजक सरिता कार्की, नाइस टेलिभिजनका सिइओ आशिर्वाद पुन, जगतजननी सहकारी संस्थाका अध्यक्ष मेनुका शाक्य, रोज बहिनी संस्थाका ३ नं प्रदेश संयोजक रेजिना श्रेष्ठ लगायतको अतिथ्यता रहेको थियो । 

कार्यक्रममा सांस्कृतिक कार्यक्र संयोजक राजु लामा, कलाकारहरु रोम भण्डारी, नविन मर्हजन लगायतको विशेष सांस्कृतिक प्रस्तुतीहरु रहेको थियो । 

समाजका अध्यक्ष गुरुङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको उद्घाटन संघीय संसदको सभापति बिडारीले गरेका थिए भने समापन कम्पनीका संरक्षक माधव भण्डारीेले गरेका थिए । कार्यक्रम संचालन संस्थाका सदस्य सजनलाल प्रधानले गरेका थिए ।




0 comments

Write Down Your Responses