Powered by Blogger.
कुमारी नृत्यमार्फत सबैको तारिफ पाइन् शुशीलाले


काठमाडौं । असोज ७ गते मंगलबार काठमाडौंको धुम्रबाराही पार्टी प्यालेसमा सहभागीहरुको खचाखच उपस्थिति थियो । 

नेकपाका नेता, सहकारी कर्मीहरु तथा अन्य सर्वसाधारणको भव्य उपस्थिति रहेको कार्यक्रममा कलाकार सुशीला थापाले दर्शकको वाहवाही पाइन् । उनले जीँउदो कुमारीको नृत्य प्रस्तुत गर्दा हलमा माहोल अर्कै भएको हो । 

कार्यक्रम थियो नवकान्तिपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सव समारोह ।  सांस्कृतिक संस्थान अन्तर्गत राष्ट्रिय नाचघरमा कलाकारको रुपमा समेत आवद्ध रहेकी सुशीलाले यसअघि ििभन्न म्युजिक भिडीयो, नाटक र फिल्म समेत खेलेकी छिन् । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष समेत रहेका पुर्व सांसद केशव बडाल लगायत कार्यक्रममा सहभागी अतिथिहरुले थापाको कलाकारिताको खुलेर प्रशंसा गरे । 

चर्चित सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा सहकारीका अध्यक्ष शिवप्रसाद सिटौलाले कार्यक्षेत्र  विस्तारको लागि मकवानपुर र काभ्रेमा पनि शाखा विसर गर्ने योजना रहेको सुनाए । 

0 comments

Write Down Your Responses