Powered by Blogger.
हिमालय कलेजद्धारा स्वागत तथा बिदाई आयोजना, वरिष्ठ नेता नेपालले गरे उद्घाटन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरु भविश्यका कर्णधार भएकाले अनुशासित भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार कोटेश्वरमा अवस्थित हिमालय कलेजले आयोजना गरेको विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा नेता नेपालले विद्यार्थीहरु सफल र अब्बल बन्न अनुशासन नै महत्वपुर्ण हतियार भएकोमा जोड दिनुभयो । 

विद्यार्थीहरुको खचाखच उपस्थितिले भरिएको प्रज्ञा प्रतिष्ठानको हलमा सम्वोधन गर्दै नेता नेपालले विद्यार्थीहरुलाई ‘आफुभन्दा सानालाई माया गर्न, ठुलालाई आदर गर्न, देशभक्ति भावना जागृत गर्न र राष्टप्रतिको दायित्व नर्बिसन’ पनि सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘अनुशासन नै जीवन सफल हुने गहना हो, यसलाई अनुशरण गरेमात्र मानिसहरुले अझ ज्यादा उन्नती र प्रगति गर्न सक्छन्, विद्यार्थीहरुले त यसलाई मुल मन्त्र नै मान्नुपर्छ । ’

उहाँले विद्यार्थीहरुलाई सिपमुलक शिक्षा, हरेक भाषाको ज्ञान  प्राविधीक विषयमा पोख्त हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रिन्सीपल रामहरि सिलवालले हिमालय कलेजले शिक्षा क्षेत्रमा अग्रणी स्थान कायम गर्न सफल भएको चर्चा गर्दै त्यसको जस आम विद्यार्थीहरुले पाएको बताउनुभयो । 

कलेज व्यवस्थापन र शिक्षकहरुले देखाएको बाटोमा विद्यार्थीहरुले कठिन मेहनत गरेकैले अहिलेसम्म विद्यालयको इज्जतका साथै विद्यार्थीको उन्नती भएको उहाँको दावी थियो । आफुहरुले हिमालय कलेजमा पढाइका अतिरिक्त अन्य व्यवहारिक र प्राविधीक ज्ञान समेत दिएकाले सो कलेज अन्यभन्दा पृथक रहेको जिकिर गर्नुभयो । 


कार्यक्रममा कलेजका सिइओ नरेन्द्रबहादुर अधिकारीले कलेजले आगामी दिनमा  शिक्षा क्षेत्रमा थप योगदान दिने योजना अघि सारेको बताउँदै हिमालय कलेजका विद्याथीहरु अन्य विद्यार्थी भन्दा उत्कृष्ठ रहेको दावी गर्नुभयो । 

प्रिन्सीपल सिलवालको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा प्रमुख अतिथि नेकपा वरिष्ठ नेता नेपालले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ पास आउट भएका विद्यार्थीहरुको विदाइका लागि ‘१२–कक्षा, २०७६ सालको व्याच’द्धारा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थी राजकुमार खत्रीले स्वागत मन्तव्य राखेका थिए । 

दोस्रो सत्रको कार्यक्रममा विद्यार्थीहरुद्धारा सांस्कृतिक तथा मनोरन्जनात्मक प्रस्तुती आयोजना गरिएको थियो । विद्यार्थीहरुद्धारा गीत, नृत्य, कविता लगायतको प्रस्तुतीले कार्यक्रम उत्साहपुर्ण रुपमा सफल भएको थियो । 

कार्यक्रममा कलेजका फाइनान्स मेनेजर भुवनचक्र जोशी, प्लस टु कोअर्डिनेटर राजेन्द्र अवस्थी, निर्देशक चन्दा सापकोटा लगायत हरेक संकाय र कार्यक्रम संयोजक तथा निर्देशकहरुको उपस्थिथि रहेको थियो । 

औपचारिक सत्रको पहिलो कार्यक्रमको सञ्चालन शिक्षक शन्तराम बिडारीले गरेका थिए भने दोस्रो सत्रको सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरुले नै गरेका थिए ।  

कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरु तथा विभिन्न प्रतियोगिता सफल हुनेहरुलाई पुस्कार समेत वितरण गरिएको थियो । 





0 comments

Write Down Your Responses