Powered by Blogger.
वरिष्ठ सञ्चारकर्मी उषा लोहनीलाई पित्रृशोक


काठमाडौं । वरिष्ठ सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद उषा लोहनीलाई पित्रृशोक परेको छ ।  लोहनीका पिता बटुकप्रसाद लोहनीको उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ समाजसेवी, वुद्धिजीवी तथा वामपन्थी विचारका व्यक्तित्व लोहनी पछिल्लो समय निमोनिकाका कारण ग्रस्त थिए । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

लोहनीको सोमबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली गरिएको थियो अन्तेष्ठीका लागि पुर्व प्रधानमन्त्री डा. बाुराम भट्टराई, नेकपा नेत्रृ पम्फा भुषाल लगायत पुगेका थिए ।

 लोहनी बामपंथी हुनुका साथै नेकपाका संस्थापक पुष्पलालका साथी तथा भरतमोहन अधिकारीको सहपाठी थिए ।  उनको तुलसीलाल अमात्य, निर्मल लामा मोहनचन्द्र अधिकारी लगायतसंग राम्रो संगत रहेको बताइन्छ ।

0 comments

Write Down Your Responses