Powered by Blogger.
पोकली झरना क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देस्यले महोत्सवको आयोजना हुन लागेको भनाई



काठमाडौँ । कात्तिक १६ र १७ गते ओखलढुंगा पोकली झरना साँस्कृतिक महोत्सव हुने भएको छ । 

पोकली झरना क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देस्यले महोत्सवको आयोजना हुन लागेको हो ।

पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले ओखलढुंगा स्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय स्थल पोकली झरनालाई नेपाल सरकारले “नेपाल भ्रमणवर्ष २०२०” को लागी १०० गन्तव्य सूचीमा समावेस गरेको जानकारी दिनुभयो ।
उहाँले पोकली झरना सेवा समाजले यसपूर्व पनि पटक पटक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु गएर महोत्सव सम्पन्न भएको बताउनुभयो । 

पोकली भरनाको सौन्दर्यता र महत्वलाई विश्व स्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरि यसको अधिकतम प्रचार प्रसार गर्ने उद्देश्यका साथ पोकली झरना महोत्सव आयोजना गरिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिनुभयो । 



समाजका महासचिव शम्भु बरालले महोत्सवमा  इन्दे्रणी सहितको वृहत सांस्कृतिक पोकली झरना ओखलढुंगा महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । 

 सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचीकृत गरेको सूचीमा नेपालकै दोस्रो उचाइमा रहेको यस झरनालाई पनि समावेश गरिएको छ । 

ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षासहित यस झरनास्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालको भनाई छ । 

बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरूको पनि प्रदर्शनी हुने समाजले जनाएको छ । 
                                                          


पोकली झरना क्षेत्रमा हालसम्म भएका कार्यहरु 

१. पोकली झरना क्षेत्रमा यातायात आवत जावत गर्न सडक संजालको व्यवस्था गरिएको ।
२. झरना क्षेत्रमा जान र झरनाको दृश्यावलोकन गर्न सुविधाजनक सिंढीको व्यवस्था गरिएको ।
३. झरनालाइ दिगो पर्यटनको रुपमा विकास गर्न दिर्घकालीन योाजना र स्वरुप निर्माणको डि.पि.आर. निर्माण भइरहेको ।
४. पर्यटक लाइ सहज एवं सुविधायूक्त खानपान र घरवासको व्यवस्थाको निम्ति लिखु गाउंपालिका ओखलढुंगाको विशेष सहयोगमा होम स्टे अध्ययन अवलोकन भ्रमण र तालिम संचालन हुन लागेको ।
५. ओखलढुंगा कला संस्कृति भवन निर्माण, होम स्टे निर्माण, पार्क  निर्माण लगाएतको लागी झरनाको     दृश्यावलोकन गर्न उपयूक्त जग्गाको खरिद गर्ने अभियानमा जुटिएको । 



0 comments

Write Down Your Responses