Powered by Blogger.
आजदेखि हिमालय कप बास्केटबल सुरु हुँदै, महिला र पुरुष गरि ५७ टिमको सहभागिता


काठमाडौं । कोटेश्वरस्थित हिमालय कलेज एन्ड स्कुलले हिमालय कप बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण मंगलबारबाट सुरु हुने भएको छ । 

 महिला र पुरुष गरि ५७ टिमको सहभागिता रहने प्रतियोगिता १४ दिन सम्म चल्नेछ  भने प्रतियोगिताका बिजेतालाई नगद, प्रमाणपत्र, शिल्ड र मेडलले पुरस्कृत गरिने कलेजले जनाएको छ ।

२०७५ मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको प्रथम संस्करणमा सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, फाइनान्स डाइरेक्टर भुवनचक्र जोशी लगायतले पुरस्कृत गरेका थिए ।

साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालय कलेज एन्ड स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए । 

साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बनेका थिए ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिमालय कलेजले बिद्यार्थीको सर्वाङ्गिण बिकाशको लागि एवं शारीरिक र मानसिक विकाशका लागि ‘कम्पीटिशन वीथ कोअपरेशन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरेको जानकारी सोमबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य रामहरी सिलवालले जानकारी दिनुभयो ।


0 comments

Write Down Your Responses