Powered by Blogger.
सुनचाँदी कला व्यवसायी संघमा नयाँ नेतृत्व चयन


काठमाडौं ।  नेपाल सुनचाँदी कला व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको छ । हालै राजधानीमा सम्पन्न भएको महाधिवेशनले  नयाँ नेतृत्व चयन गरेको हो । 

संघको १८ औं साधारणसभा तथा आठौं अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नवनियुक्त उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले संघको अधिवेशन उद्घाटन गरेका थिए । 

संघको अध्यक्षमा केशरबहादुर विक, प्रथम उपाध्यक्षमा घनश्याम रिजाल, द्धितीय उपाध्यक्षमा सानुबाबु बराइली, महासचिवमा अमृत गजमेर, सचिव प्रेमबहादुर विश्वकर्मा, कोषाध्यक्ष बालकुमार विश्वकर्म र सहकोषाध्यक्ष सुर्यकुमार लकान्द्री चयन भएका छन् । 

यसैगरी संघको सदस्यहरुमा अकाकाश विश्वकर्मा, सुमनराज श्रेष्ठ, बालकुमार दर्नाल, सुदीप रसाईली, दीपक धनुके, दिपेन्द्र लकान्द्री, सुर्यकुमार बराल, नविन रसाईली, वीरबहादुर गहतराज, धनबहादुर भुजेल, कुमार विश्वकर्मा र झिल्के विक रहेका छन् । 

अब  संघको बैठक बसेर जतिसक्दो चाँडो प्रदेश मातहतका जिल्लामा आफ्ना सदस्य एवं शाखा विस्तार गर्ने तयारी भएको महासचिव अमृत गजमेरले जानकारी दिनुभयो । 

राजधानीको थापागाँउ व्याङ्कटमा ठुलो संख्यामा रहेका व्यावसायीहरुबीच भव्य रुपमा सम्पन्न भएको अधिवेशनले संगठन विस्तारका साथै व्यवसायिक एकताका साथ यस क्षेत्रमा देखिएका समस्या निराकरणका लागि पहल गर्ने निर्णय गरेको महासचिव गजमेरको भनाई छ । 



0 comments

Write Down Your Responses