Powered by Blogger.
पुर्वसांसद ढुङ्गेलको निधनप्रति संविधानसभा सदस्य परिषद नेपालद्धारा दुख व्यक्त


काठमाडौं । संविधानसभाका सदस्य तथा पुर्व सांसद रामेश्वर प्रसाद ढुंगेलको निधनप्रति संविधानसभा सदस्य परिषद नेपालले दुख व्यक्त गरेको छ । 

संविधानसभा सदस्य परिषद नेपालका सदस्य ढुङ्गेलको उपचारका क्रममा  पौष १, २०७६ का दिन त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको थियो ।

उक्त निधनप्रति दुख व्यक्त गर्दै पषिदका अध्यक्ष अनन्त पौडेलले शोक विज्ञपती जारी गर्नुभएको हो । स्वर्गीय ढुंगेल संविधान सभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनु भएको थियो। उहाँले नेपालको  संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो।

विज्ञप्तीमा  भनिएको छ , ‘संबिधानसभा सदस्य परिषद नेपाल स्वर्गीय रामेश्वर प्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । संबिधानसभा सदस्य परिषद नेपाल स्वर्गीय ढुंगेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुरयाउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’ 

परिषदले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट समेत गरेको छ । ढुङ्गेलको ६० वर्षको उमेरमा निधन भएको छ । 

मस्तिष्कघात भएपछि गएको आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचाररत उहाँको उपचार भइरहेको थियो । २०१६ साल असार २९ गते कटुञ्जेमा जन्मनु भएका उहाँले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वा्चित हुनुभएको थियो ।

गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका ढुङ्गेलका एक छोरा अमेरिका र दुई छोरा नेपालमा छन् भने उहाँकी श्रीमती शुसिला ढुङ्गेलको गएको वर्ष निधन भएको थियो ।

0 comments

Write Down Your Responses