Powered by Blogger.
साधना साहित्य मञ्चको औपचारिक घोषणा सहित साहित्यकारहरुको भव्य जमघट सम्पन्न


काठमाडौं । साधना साहित्य मञ्चले स्रष्टा भेटघाट, रचना वाचन तथा संस्था घोषणा समारोह आयोजना गरेको छ  । डिल्लिरमण रेग्मी पुस्तकालय लाजिम्पाटमा शनिबार भएको कार्यक्रममा  वरिष्ठ साहित्यकार, भाषविद् तथा मदन पुरस्कार बिजेता मुकुन्दशरण उपाध्याय रहनुभएको थियो । 

राजदीप शर्माले सपापतित्व गर्नुभएको सो  कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, छवि वैरागी घिमिरे, सप्तवि साहित्य सञ्जालका अध्यक्ष तथा नोबेल साकोस साहित्य संस्थाका संस्थापक राजन न्यौपाने, वरिष्ठ गजलकार प्रकट पङ्गेनी शिव, उपन्यासकार लोकमणि पौडेल, नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष सरस्वती गौतम, तिलक लुइँटेल, साहित्यकार डा वासुदेव काफ्ले, साहित्यकार निर्मलरमण पराजुली  लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी नेपाली साहित्य जगतका चर्चित गजलकार विद्या अनामिका तिवारी, गजलकार आँचल कुमार शर्मा, मुक्तककार सुशीला ढकाल अधिकारीका साथै विभिन्न तह र तपकाका साहित्यकारहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथी उपाध्यायाले कार्यक्रमको पानशमा दिप प्रज्वलन गरी उद्घाटन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । 

यसैगरी कार्यक्रममा विशेष अतिथिको रुपमा पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारीले साना तथा स्वरोजगारमुखी मिडीया तथा साहित्यीक पत्रिकाहरुको समस्याका बारेमा बोल्दै प्रेस काउन्सिल, प्रज्ञा प्रतिष्ठान लगायतका सरकारी संस्थाले तिनको कल्याणका लागि विनाभेदभाव हेर्नुपर्ने बताउनुभयो । 

कवि पौडेल विमुन्सले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवकुमार ढकाल ऋजुले स्वागत मन्तव्य राख्नुभएको थियो । करिव ३ वर्ष अघि पश्चिमी साहित्यीक समाजको नामबाट सामाजिक सञ्जालमार्फत गठन गएको साहित्यीक संस्थाले केही दिन अघि कानुनी मान्यता पाएको छ । 

सो संस्थालाई सातै प्रदेशका श्रष्टा अटाउने, पुराना तथा नयाँ साहित्यकाहरुको साझा चौतारी बनाउने लक्ष्य रहेको कोषाध्यक्ष ढकालले बताउनुभयो । 

संस्थाको संस्थापक अध्यष असन्तुष्ट जलन रहनुभएको छ । संस्थाले नियमित साहित्यकी कार्यक्रम गर्नुका साथै कृति प्रकाशन तथा अन्य साहित्यीक खोज अनुसन्धानका काम गर्दै आएको छ । 





0 comments

Write Down Your Responses