Powered by Blogger.
ज्योती फिल्मस् म्यूजिक अवार्ड हुँदै



काठमाडौं । गित संगितको प्रवद्र्धन तथा कलाकारको प्रोत्साहनको लागि ज्योती फिल्मस् प्रोडक्सनले आगामी फागुन १ गते ‘ज्योती फिल्मस् म्यूजिक एवार्ड’ गर्न लागेको हो । 

२०७५ साल वैशाख १ देखी २०७६ पौष २० गते सम्म बजारमा आएका गित संगित र म्यूजिक संग सम्बद्ध ६० वटा विधामा उत्कृष्ट हुनेलाई एवार्ड प्रधान गर्न लागिएको हो ।

स्थापित र नव प्रतिभा दुबैलाई समेटेर अवार्ड प्रदान गरिने आयोजक पक्षले जानकारी गराएको छ । 

आयोजकका अनुसार मनोनयनको लागि आबेदन फर्म खुल्ला भईसकेको र पौष मसान्त सम्ममा फर्म भरिसक्न सबै सरोकारवाला पक्षलाई आव्हान गरिएको छ । 

उक्त अवार्ड बितरण कार्यक्रममा २ जना संचारकर्मीलाई सम्मान समेत गरीने जानकारी गराइएको छ ।

0 comments

Write Down Your Responses