Powered by Blogger.
फसाउनका लागि यस्तो सम्म हर्कत गरे


सुरेन्द्र केसी
केही संचार माध्यममा प्रकाशित भएका एकतर्फी, तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार प्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ । 

सम्मानित जिल्ला अदालतमा बिचाराधिन रहेको मुद्धालाई प्रभावित पार्ने मनसायका साथ समाचारमा उठाइएका बिषयको सन्दर्भमा विद्यालयमा भएका सत्य, तथ्य र वास्तविकता तपशील बमोजिम रहेको जानकारी गराउँदछु । 

१. मिति २०७५÷१०÷२७ देखि मिति २०७५÷११÷०९ गतेसम्म विरामी बिदाँ पाऊँ भनी  लक्ष्मी अर्यालले विद्यालयमा पहिलो निवेदन दिनुभएको छ । पछि फोनबाट जानकारी गराई २०७५÷११÷२६ गते मात्र उहाँ विद्यालयमा हाजिर हुनुभएको छ ।

२. निवेदक लक्ष्मी अर्यालले दिएको निवेदनको आधारमा मिति २०७५÷१०÷२७ देखि मिति २०७५÷११÷२३ सम्म बिरामी बिदा स्वीकृत गरी विद्यालयको हाजिरी कापीमा विरामी  बिदा जनाई सकिएको  (११÷२४ र २५ सार्वजनिक बिदा परेको) छ ।

दशै तिहारको लामो बिदामा आफूले पाउने ९८ दिनको सुत्केरी बिदाका केहि दिनहरु पर्ने भएकाले २०७५÷१०÷२७ देखि २०७५÷११÷२३ सम्म आफूले उपभोग गरी सकेको बिरामी बिदालाई अग्रीम सुत्केरी बिदाका रुपमा परिणत गर्न सक्दा २५ दिन बिरामी बिदा सञ्चित हुने र २५ दिन बिरामी बिदा सञ्चित गर्दा आर्थिक लाभ ( लगभग २५००० हजार जति ) लिन सकिने दुर्नियतका साथ २०७५÷१२÷२४ गते अग्रीम सुत्केरी बिदा पाउँ भनी विद्यालयमा दोस्रो निवेदन पेस भएको अवस्था छ । 

उपभोग गरिसकेको बिरामी बिदालाई सुत्केरी बिदामा परिणत गरी पाउँ भन्ने वाहेक अन्य कुनै पनि निवेदन विद्यालयमा लक्ष्मी अर्यालले दिनुभएको छैन ।  सुत्केरी बिदा पाउँ भनी अहिले सम्म निवेदकले विद्यालयमा निवेदन नदिएको, बिरामी बिदालाई सुत्केरी बिदामा परिणत गरी पाउँ भनेको थिएँ वा गर्न चाहेको थिएँ भन्ने कुरा लुकाई एककोहोरो रुपमा प्रअले सुत्केरी बिदा दिएन मात्रै भनेर यथार्र्थ कुरालाई ढाकछोप गरी मिडियामा मेरो चरित्रहत्या गर्न र बदनाम गर्न खोजेको निजको व्यवहारले देखिन्छ ।  

३.जाहेरीमा उल्लेख गरेजस्तो २०७५÷१०÷२३ मा विद्यालयमा नै बिरामी परेर अस्पतालमा भर्ना भएको र वेड रेष्ट गर्नुपर्ने डाक्टरको प्रिस्किप्सन थियो भन्ने बारेमा उहाँले तत्कालीन समयमा विद्यालयलाई औपचारिक–अनौपचारिक कुनै पनि रुपमा जानकारी गराउनुभएको छैन । 

डाक्टरबाट २ महिना बेड रेस्ट गर्न भनिएको थियो भने किन उँहाले २०७५ माघ २७ देखि २०७५ फागुन ९ सम्मको मात्र बिरामी विदा माग गर्नुभयो ? फेरी टेलिफोनबाट थप विदा मागेर पनि जम्मा २५ दिन मात्रै किन विरामी विदामा बस्नुभयो ? यस बिषयमा विद्यालय प्रशासन आश्चर्यचकित भएको छ । यसको प्रमाणका लागि उहाँले २०७५ माघ २७ मा दिनुभएको निवेदन र उहाँको हाजिरी कापी विद्यालयमा सुरक्षित नै छ । 

४.२०७५ माघ २७ देखि २०७५ फागुन २३ सम्म उपभोग गरेको विरामी विदालाई अग्रिम सुत्केरी विदामा परिणत गरि पाउँ भन्ने निवेदन २०७५ चैत्र २४ मा मात्रै आएर विद्यालयमा दर्ता भएको छ । 

सो निवेदनका साथ डा. विना बस्नेतको वेड रेष्टको पत्र समावेश गरेपछि मात्र विद्यालयलाई निवेदक गर्भवती भएको जानकारी भएको हो । तर विरामी विदा मागेको अवधिमा प्रधानाध्यापकलाई थाहै नभएको डा. विना बस्नेतको प्रिस्कीस्पनको बारेमा अहिले आएर अतिरञ्जना गर्नुले उहाँको दुर्नियत छ भन्ने कुरा प्रष्ट हुन्छ । 

२०७५ चैत्र २४ गते विद्यालयमा दर्ता भएको पत्रको जानकारी पाउनको लागि हुलाकबाट प्राप्त २०७५ माघ २७ देखि २०७५ फागनु २३ सम्मको विरामी विदालाई सुत्केरी विदामा परिवर्तन गरिदिनु भन्ने पत्र बाहेक पछिल्ला दिनमा कहिल्यै लिखित मौखिक औपचारिक अनौपचारिक कुनै पनि रुपमा सुत्केरी विदा माग नगर्नु भएकाले विद्यालय प्रशासनले माग्दै नमागेको सुत्केरी विदा दिने भन्ने प्रश्नै उठेन तर सबैको सहानुभुति बटुल्ने हेतुले बच्चा जन्मेकै भाद्र ३ गतेका दिन पनि मैले पढाएर आँए भन्ने कुरा उहाँले पत्रिकामा प्रकाशित गर्ने देखि जाहेरीमा समेत राख्नुभएको छ । 

त्यस सम्बन्धमा भन्नुपर्दा भाद्र ३ गते विहान ६ः१० देखि १२ः१० बजे सम्म विद्यालयको पुरा समय स्वस्थ ढंगले आफ्ना सम्पुर्ण कक्षाहरु पढाई सदाझै विद्यालयबाट घर जानुभएको हो । भाद्र ३ गते पनि प्रधानाध्यापकले विदा नै दिएन भनी प्रचार गरिएको छ, माग्दै नमागेको विदा प्रधानाध्यापकले कसरी दिने ?

प्रधानाध्यापकले विरामी विदालाई अग्रिम सुत्केरी विदामा परिणत गर्न नसक्नुका कारणहरु

क.निवेदकको माग बमोजिमको बिरामी विदा स्वीकृत भई हाजिरी कापीमा जनाइसकेको अवस्था । 

ख.उपभोग गरिसकेको विरामी विदा सुत्केरी विदामा परिणत गर्न सकिने भन्ने कुनै प्रष्ट कानुनी व्यवस्था नभएको, विद्यालयले आफनो तालुक निकायमा सोधपुछ गर्दा समेत यस सम्बन्धी कुनै लिखित वा मौखिक निर्देशन नआएको । 

ग.बिरामी विदा सञ्चित गर्दा आर्थिक लाभसँग जोडिएका बिषय पैसा आउने भएकाले विरामी विदालाई विदा प्रयोगकर्ताको अनुकुलता अनुसार भैपरी विदा, पर्व विदा, सुत्केरी विदा, किरिया विदा आदि विदामा परिणत गर्ने अख्तियारी कुनै पनि कार्यालय प्रमुखसँग नभएको सन्दर्भमा अख्तियारको दुरुपयोग हुने । 

तर पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको को मिति २०७६÷०४÷२९ को  च.न ५४ को पत्र, शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंको मिति २०७६÷०४÷३० को च.नं. २९३  को पत्र र महिला आयोगका सचिवको फोनका आधारमा २०७५ माघ २७ देखि २०७५ फागुन २३ सम्म निवेदकको माग अनुसार नै  स्वीकृत भइसकेको विरामी विदालाई अग्रिम सुत्केरी विदामा परिणत गरि २०७६ भदौ १ गते सम्बन्धित निवेदक लक्ष्मी अर्याललाई पत्र मार्फत विद्यालयले जानकारी गराएको छ । 

उहाँको स्वास्थ्य स्थितिलाई ध्यानमा राखि विद्यालय प्रशासनले गरेका केही मुख्य कार्यहरु 

ड्ड प्रथम त्रैमासिक परीक्षामा निरिक्षक खटाउँदा अन्य कोठाहरुमा १÷१ जना खटाइएको तर उहाँपर्ने कोठामा सधै २ जना निरिक्षक खटाइएको । 

ड्ड कक्षा १० को एसइई परीक्षा तयारीका लागि शिक्षकले समेत विशेष समय दिनुपर्ने, धेरै परिश्रम गर्नुपर्ने र अत्याधिक खट्नुपर्ने भएकाले शैक्षिक सत्र २०७६ को रुटिङ बनाउदा उहाँकै सल्लाह बमोजिम उक्त कक्षामा निमावि तहका दिवसबाबु पोखरेललाई राखि तल्ला कक्षाहरुमा उहाँलाई राखिएको तर पछि मेरो कक्षा १० को घण्टी प्र.अ. ले हटाइदियो भन्ने सम्मको आरोप लगाउनु भएको । 

ड्ड विद्यालयमा यसै वर्षदेखि सञ्चालनमा आएको कक्षा ११ तर्फको उहाँकै जिम्मेवारीको रुपमा रहेको अंग्रेजी विषयको कक्षा उहाँकै सल्लाह अनुसार यस वर्षका लागि निमावि शिक्षक दिवसबाबु पोखरेललाई पढाउन दिईएको । जसरी पनि तपाइले नै पढाउनुपर्छ भनि उहाँलाई विद्यालय प्रशासनले नभनेकोे । 

ड्ड लक्ष्मी अर्यालको जाहेरी तथा अदालतमा उठेका प्रश्नको सन्र्दभमा 

ड्ड २०७५ माघ र फागुन महिनाका २८ दिन सुत्केरी विदा माग गरिएको र प्रधानाध्यापकले नदिएको भनिएता पनि उहाँले सो अवधिको सुत्केरी विदा माग नगरी विरामी विदा माग गर्नुभएको हो ।

ड्ड बच्चाको जन्म हुने बित्तिकै मृत्यु भएको भनिएता पनि जन्मिएको ९ दिनका दिनमा मात्र बच्चाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

ड्ड व्यक्तिगत ईवीका कारण सञ्चित विदा स्वीकृत नगरी भेदभावजन्य कसुर गरेको भनियता पनि २०७५ माघ ३१ गते नै सञ्चित विरामी विदा स्वीकृत गरिएको छ ।

ड्ड शिक्षकको आचारसंहिता उल्लंघन भए नभएको काम प्र.अ.ले हेर्ने भएकाले आचारसंहिता उल्लघन भएको आभास भएकाले प्रधानाध्यापकले २०७६ ÷०४÷२१ मा स्पष्टीकरण सोधेर आफ्नो नियमित कार्य गरेको, आचारसंहिता पालना गराउन सामान्य सचेत गराउनु बाहेक कारवाही नै गर्ने मनाशाय नभएकाले पछि उक्त स्पष्टिकरण फिर्ता लिई सम्बन्धित शिक्षकलाई जानकारी गराइएको छ । 

ड्ड सोही विद्यालयमा कार्यरत नतिजा निरौलालाई ९८ दिन सुत्केरी विदा दिईसकिएको भन्नुको अर्थ उक्त विदा सम्बन्धी प्रधानाध्यापक जानकार रहेको र लक्ष्मी अर्याललाई पनि विदा नदिने कुनै मनाशाय प्रधानाध्यापकमा नभएको भन्ने कुरा प्रष्टाउन चाहान्छु । 

ड्ड २०७६ भदौ ३ गते १२ ः१० सम्मका आफ्ना सबै घण्टीहरु पढाएर स्वस्थ्य ढंगले घर जानुभएको र  विद्यालयमा आएर २ घण्टामा नै बेहोस भई विद्यालयबाट सिधै अस्पताल गई भर्ना भएको भन्ने कुरा गलत होे ।

प्रधानाध्यापकले शिक्षक लक्ष्मी अर्यालको बच्चा जन्मिएको  थाहा पाउने वित्तिकै भाद्र ४ गते विहान निजका श्रीमान विष्णु पन्थीलाई फोन गरी सौहाद्रपुर्ण ढंगले बधाई दिनुका साथै आमा र बच्चाको स्वास्थ्य लाभको कामना गरेको र विष्णु पन्थीले पनि खुसी साथ धन्यवाद दिनुभएको हुदाँ प्रधानाध्यापक र शिक्षक लक्ष्मी अर्यालका विच कुनै पनि वैमनस्य नरहेको कुरा प्रष्ट पार्न चाहन्छु । 

(के. सी. त्यौड मा.वि.का  प्रधानाध्यापक हुन् । )







0 comments

Write Down Your Responses