Powered by Blogger.
पालुङ जेसिजको अध्यक्षमा रायमाझी, कार्य समिति विस्तार



पालुङ । पालुङ जेसिज को  २० औ पदस्थापन दिबस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

थाहानगरपालिका ३ मा रहेको जेसिज हलमा भएको कर्यक्रम मा जेसि कुमार नेगिको सभाध्यक्षता तथा प्रमुख अथिति नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकर रहनु भएको थियो । प्रमुख अतिथी तथा सभाध्यक्षले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । 

प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष शंकरले पालुङ जेसिज राष्ट्रिय स्तरमा नेतृत्व गर्न योग्य भएको र हरदम सहयोग गर्न तत्पर रहेको तथा युवाहरुलाइ कृषि तथा पर्यटन प्रबर्द्धनमा अग्रसर गराउनमा जोड दिनुपर्ने बताउनुभयो । 

बर्ष २०१९ का अध्यक्ष जेसि कुमार नेगिले टिमको सिद्धान्तलाइ बाटो देखाउन काम गर्न सफल भएको र आफुभित्रको शक्ति सञ्चय गर्दै आफु र आफ्नो टिमलाइ आन्तरिक रुपमा दरिलो बनाउन सकिन्छ भन्ने भनाइ राख्दै  बर्ष २०१९ लाई सफल बनाउन सहयोग गर्नुहुने  बर्ष २०१९ का महासचिब मनोज रायमाझी र  कोषाध्यक्ष जेसि नवराज लामालाई सम्मानित गर्नुभएको थियो । 

त्यसैगरी कार्यकारिणी उपाध्यक्ष सानोबाबु मोक्तान, कार्यकारिणी उपाध्यक्ष रुपचन्द्र गोपाली, उपाध्यक्ष अनिता बिष्ट, उपाध्यक्ष दिपा बल, उपाध्यक्ष सगंम कार्की, उपाध्यक्ष सुशान्त गोपाली, कानुनी सल्लाहकार जयराम केसीलाई  पनि सम्मान गर्नुभएको थियो । 

२०२० का नब निर्बा्चित अध्यक्ष जेसि मनोज रायमाझीले पर्यटन बर्ष २०२० लाई सफल बनाउने साथै युवाहरुलाइ समाजका विभिन्न कार्यक्रममा कृयाशिल बनाउन र अबसर नपाएका व्यक्तिलाई अबसर प्रदान गर्ने बताउदै कार्यसमिती विस्तार गर्नुभएको थियो । 

त्यसैगरी बिशिस्ट अतिथि नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष मन्जु शाह ठकुरी, नेपाल जेसिज राष्ट्रिय कार्याकारिणी उपाध्यक्ष सोभा खरेल, नेपाल जेसिज राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष लालमणी भन्डारी, थाहानगरपालिकाका उपप्रमुख तथा पालुङ जेसिज बर्ष २००३ का अध्यक्ष खड्ग गोपाली लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 कार्यक्रममा  नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष मन्जु शाह ठकुरी, नेपाल जेसिज राष्ट्रिय कार्याकारिणी उपाध्यक्ष सोभा खरेल, नेपाल जेसिज राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष लालमणी भन्डारी, अतिथी थाहानगरपालिकाका उपप्रमुख तथा पालुङ जेसिज बर्ष २००३ का अध्यक्ष खड्ग गोपाली, नेपाल राष्ट्रिय जेसिज साखा पालुङका सस्थापक अध्यक्ष जेसि पुष्रुषोत्तम ढकाल, पालुङ साखाका पुर्ब जेसिज अध्यक्षहरु, थाहानगरपालिका १ का वडा अध्यक्ष हेरमान गोपाली, नेकपा जिल्ला कमिटी  सदस्य राजु नापित लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्तिथि  रहेको थियो ।



0 comments

Write Down Your Responses