Powered by Blogger.
निमासद्वारा ईक्यानका नयाँ पदाधिकारीलाई बधाई

काठमाडौ । निमास एजुकेशनको आयोजनामा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का नवनिर्वा्िचत पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको छ । 



बुधबार एक औचारिक कार्यक्रमबीच निमासले ईक्यान पदाधिकारीहरुको सम्मान गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उच्च शिक्षा महाशाखाका प्रमुख तथा सह–सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख उप–सचिव फटिक बहादुर के.सी., अधिवक्ता मुकुन्द न्यौपाने, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटुवाललगायतको सहभागिता थियो ।


सम्मान कार्यक्रममा ईक्यानका नवनिर्वा्िचत अध्यक्ष प्रकाश पाण्डे, पुर्वअध्यक्षद्वय राजेन्द्र बराल र दिपक गुरुङलगायत अन्य नवनिर्वा्िचत प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा निमास एजुकेशनका निर्देशक सरोज थापाले नयाँ कार्यसमितीको सफलताको कामना गरेका थिए।

निमास एजुकेशन प्रा.लि. द्धारा आयोजित नेपाल शैक्षिक परामर्श संघका नव निर्वा्िचत पदाधिकारीहरुलाई बधाई तथा शुभ कामना कार्यक्रममा सहभागी भई भव्य सब्यका साथ कार्यक्रम सम्पन्न गर्न सहयोग गरिदिनु हुने सम्पूर्ण महानुभावहरुलाई निमासका निर्देशक गिता रिजाले धन्यवाद दिइन् ।


कार्यक्रममा दिपक सिलवाल –द्धितिय उपाध्यक्ष, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, पवन मैनाली, तृतिय उपाध्यक्ष, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, सन्जय घिमिरे, फेकोनका सल्लाकार, सुनिल आचार्य, जुपिटर मिडिया, विपिन पोखरेल ः फेयर एक्सपे्रश, बिदुर खतिवडा, केन्द्रविन्दु मिडिया, शोभाराज बराल, मोटिभेट न्यूज लगायत अन्य गन्यमान्य व्यक्तित्वहरुको सहभागिता थियो ।


0 comments

Write Down Your Responses