Powered by Blogger.
लेखापढी कानून व्यवसायी एशोसिएसन कलंकी इकाईमा श्रेष्ठ


काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन कलंकी इकाईको अध्यक्षमा पूर्णप्रसाद श्रेष्ठ विजयी भएका छन् । शनिबार सम्पन्न एशोसिएसन कलंकी इकाईको १४ औं साधारणसभा र ११ औं अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् ।

सर्वसम्मतीबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाद्वारा नै नेतृत्व छनौट गरिएको थियो । अध्यक्ष लगायत अन्य पदमा निर्वाचन भएपनि केही पदमा भने निर्विरोध भएको छ ।



निर्वाचन प्रकृयामा अध्यक्ष निर्वाचित श्रेष्ठले १६४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी धनबहादुर केसीले ४३ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा भने निर्मल केसी निर्विरोध निर्वाचित भएका छन् ।

एसोसिएसन इकाई समिति कलंकीको सचिवमा रामहरी भेटवाल र प्रकाश बस्नेतलाई पराजित गर्दै पूर्णकुमारी फागो (पुनम) ले विजय प्राप्त गरिन् । उनले १३१ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी भेटवालले ४२ र बस्नेतले ३० मत प्राप्त गरे ।

यता सहसचिवमा भने नारायण कट्टेल निर्विरोध निर्वाचित बनेका छन् । यसैगरी कोषाध्यक्षमा प्रवेश केसीलाई पराजित गर्दै अच्युत भट्टराई १२३ मतका साथ विजयी बने । पराजित केसीले ८० मत प्राप्त गरे । सहकोषाध्यक्षमा भने तुलसी प्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन् ।



यता सदस्यहरुमा सृष्टि घिमिरे, श्रीराम बलामी, रबिन्द्र कुमार सिग्देल, कर्ण घलान, मन कुमारी घले, खिलनाथ दाहाल र पासाङ तितुङ निर्वा्चित भएका छन् ।

 निर्वा्चित पदाधिकारीहरूको कार्यकाल तीन वर्षको हुन्छ । साधारणसभामा इकाई समितिका सचिव पूर्णप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

 एसोसियसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको प्रमुख आतिथ्यतामा भएको महाधिवेशन उद्घाटन सत्रमा एसोसियसनका महासचिव कृष्णप्रसाद दाहाल (नवराज), निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।



0 comments

Write Down Your Responses