आग्रामा बालुवा खानीले प्रतिकुल प्रभाव, जनप्रतिनिधी नै खानी सञ्चालकको एजेन्ट जसरी भए प्रस्तुत
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZFsZ0xTw-TVNF-9L-YxTEPAiSnH8vjwdH8nvKn819uUib8-3jAp2YiI2D4OHT2r4UUc_nw4YFUyiNe3Guklas42SBW70n1cprZjplJl_IcRhf9M9vAZA-lZXh4N-KVOJQT6PM4c1TLuA/s640/balauwaa+khani.jpg)
मकवानपुर । धादिङ र उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकाको वडा नं ८ मा सञ्चालित बालुवा खानीले आसपासका दुबै जिल्लामा प्रतिकुल प्रभाव पार्दै आएको छ ।
सिमानामा संञ्चालीत अबैध बालुवा खानी तत्काल बन्द गरिदिन जिल्ला समन्वय समिती धादिङले थाहा नगरपालीकालाई आग्रह गरेको छ । तर पनि त्यहाँ सञ्चालिन ४ वटा खानी अझै निर्वाध रुपमा चलिरहेका छन् ।
मकवानपुरको थाहा नगरपालीका स्थित बाहुन गाँउमा निकै लामो समयदेखी दर्जनौको संख्यामा अबैध बालुवा खानी संञ्चालन हुदै आएको हो । आग्रा बालुवा प्रशोधन केन्द्रका नाममा सञ्चालित उक्त खानीमा भरत सापकोटा, नारायण सापकोटा, रबिन्द्र कार्की र विष्णुहरी सापकोटा लगायतको संलग्नता रहेको बताइएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhtbixlX6XXV8GNhjvz4pZWrGys41wHCoFFFozT2mDUgXCmMJhXSOfwhkRXaKX2nMi-wcQwqCnFF36Bq30KRY7KDXAtR80jBdJAavpKgA4qeUm8NZVk5f7L5L_LINMaJx9Sd5YBNylmvlQ/s640/84095584_1057226954633016_3677835458261286912_n.jpg)
उनीहरुले लामो समयदेखि प्राकृतिक दोहन गरिरहँदा स्थानीय जनप्रतिनिधीहरुले भने खानी सञ्चालककै पक्ष लिने गरेका छन् । लामो समयदेखि प्राकृतिक दोहन हुँदा बस्ति खतरमा परेको, २४ सै घण्टा खानी चल्दा स्थानीयलाई ध्वनी प्रदुषण भएको, धुलो र धुँवाले वातावरण विग्रीएको र सडकहरु ट्रिफरका कारण धेरै नै भत्किँदै गएको छ ।
स्थानीय वन, विद्यालय र खोलालाई समेत असर पुग्नेगरी खानी चलाउँदा केही राजनीतिक अगुवा, खानी सञ्चालक र केही जनप्रतिनिधीलाई मात्र फाइदा भएको र अन्य जनताहरु भने समस्यामा परेको स्थानीय युवाहरु बताउँछन् ।
स्थानीय युवा सफल सापकोटाले २०७६ कात्तिक ४ गते नै वडा अध्यक्ष टिकाराम रुम्वालाई यस विषयमा छानविन गरी अवैध खानी हटाउन निवेदन दिएका थिए । तर वडा अध्यक्षको समेत खानीमा मिलेमतो र हिस्सेदारी रहेकाले उनले नै अवैध खानी संरक्षण गरिरहेको बताइन्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzSiekbb-n77iTJQHY3dZImM0Nq29gHuE-3ANwdVFoi1A1ldgU6EWKKpn4bVZOpyfbBwWrSWsmyRureNM0TzT4Ntsn8HYVxe2bfoSFHE0ytpS830kuMiKT8lq1lY_xbTpRFpuJCwUV3cM/s640/72898299_2395318137347079_3182928004535812096_n.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9ky_synCaGBfgNNVxb5WQ32Y_nyrumd7u3ONVEizKmjW-ztSlVyDr056NWefQ-Rwy6mqkhPatoibpc6dF0rLu5lDlm8tJn8AsamPBgQLxQLgpypUaYPytX3XAK_iGAN_7SpF02n14T9o/s640/72853441_2728654170512678_40967412408909824_n.jpg)
दामन पोष्टसंग पनि वडाअध्यक्ष रुम्बाले ‘केही युवाहरुले विरोध गर्दैमा खानी नरोकिने र यसले गाँउमा समृद्धि ल्याएको’ तर्क गरे । खानी सञ्चालकका एजेन्ट जसरी कुराकानीमा प्रस्तुत भएका रुम्बाले प्राकृतिक दोहन नगरी विकास नहुने भन्दै खानीको विरोध गर्नु भनेको विकासविरोधी कुरा भएको जिकिर गरे ।
खानीका कारण धादिङतर्फ वाताबरणमा प्रतिकुल प्रभाव पारेको भन्दै उक्त खानी सञ्चालन रोक्न थाहा नगरपालिकालाई धादिङका तर्फबाट लिखित आग्रह गरिसकेको पनि धेरै भएको छ । सो क्षेत्रमा खानी संञ्चालन गरेका कारण धादिङतर्फको भागमा पहिरो खस्ने र भूक्षय हुने जस्ता समस्या सुख्खा मौसममा पनि हुन थाले पछि थप समस्या आएको हो ।
यसै गरी बालुवा प्रसोधन गरेको लोदो पानी सिधै आग्रा खोलामा मिसाईदिएका कारण धादिङतर्फ बसोवास गर्ने मानिसहरुले चरीचरणका बेला गाई बस्तुहरुलाई पानी खुवाउन समेत समस्या भएको छ ।
खोलाको पानी धमीलो र लेदो बगेका कारण आग्रा खोलामा जलचर समेत नासिदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेको हो । त्यसो त त्यसको बालु्वा प्रसोधन गर्ने उद्योगका कारण आग्रा खोलामा मिसिएको दुषित पानीले गर्दा महेश खोला र त्रिशुली नदीमा समेत प्रतिकुल प्रभाव पर्न थालेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHG7cemgl1eLhpR1rCo390E1AvuJiKl-_8lZaWX4-ocN71E2QFSD8Cvxc6y0xhq_KCr_N1ik3P6yrzC6YqzlUzNDv569F958r0rf0Qm6O94c405Fo4c_ERDmxl8JqP6u7a1rfsmJxaPrc/s640/khani.jpg)
जस्का कारण त्रिशुली नदी समेत आधा धमीलो भएर बग्ने गरेको छ । आग्रा खोलामा ढुङ्गा गिट्टी र बालुवा उत्खननका कारण पनि निकै समस्या आएको छ ।
खोला दोहन रोकिएन
यता थाक्रे गाउँपालीकाको महादेववेसीदेखी मकवानपुरको आग्रासम्म करिव २५ किलो मिटर खोला क्षेत्र निकै दोहन भएको छ ।
यसै गरी थाहा नगरपालीको अर्चलेमा संञ्चालीत बालुवा खानी र बालुवा धुने फिरफिरेका कारण थप समस्या आएको हो । खोला जथाभावी खोतलीएका कारण हरेक वर्षं खोला धसीदै गएको छ भने पहिरोको समस्या पनि सो क्षेत्रमा त्यतिकै बढ्दो छ ।
सरोकार वाला निकायहरुले गरेको बेवास्थाका कारण यस्तो अवस्था आएको हो । यसै गरी थाहा नगरपालीकाको बाहुन गाउँमा संञ्चालीत अबैध बालुवा खानीका कारण गाउँलाई निकै समस्या पर्न थालेको छ ।
धादिङका क्रसर पाँच वर्षदेखि अवैध
उता धादिङ जिल्लामा संञ्चालन हुदै आएका क्रसर उद्योगहरु सरकारले विगत पाँच वर्षदेखी नविकरण गरेका छैन । क्रसर उद्योगहरुले मापदण्ड पुरा नगरेको भन्दै कानुन विपरित संञ्चालन भएका कारण सरकारले नविकरण नगरेको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJbG2MovyT2KGmTaFc5SyBXU1xqFkTa62BqwJygqCK-22acJKvYn_cYgt8s26fjFcsrAilBUdxjR8N4pjfvlBQT6nCBGoNuRWZN-osYW29cN6or6hY9MAQtqIrEVw8j5May3Tvszznxl0/s640/thaha+nagar.jpg)
पुरानो कानुन अनुसार मापदण्ड पुरा गर्न नसके पछी पुनः नयाँ मापदण्ड निर्धारण गरी यही पुस मसान्तदेखी लागु गर्ने अन्यथा क्रसर उद्योगहरु बन्द गर्नु पर्ने सर्त रहेको थियो । तर सरकारले न त क्रसर संञ्चालनका लागी नयाँ मापदण्ड तोक्यो न त कुुनै क्रसर उद्योग नै बन्द भयो । जिल्लामा रहेका सबै क्रसर उद्योगहरुलाई सरकारले मापदण्ड विपरित संञ्चालन भएको र अबैध भन्दै नयाँ मापदण्ड नतोकेसम्म बन्द गर्न निर्देशन दिएको थियो ।
गत पुस महिनाको अन्तिमसम्ममा नै यस्ता उद्योगहरु बन्द हुनु पर्नेमा निर्विवाद संञ्चालन हुदै आएका छन् । जिल्लामा वन क्षेत्र नजिक, खोला ,नदी किनारामा र राजमार्ग छोउछाउमा यस्ता दर्जानौको संख्यामा क्रसर उद्योगहरु चलीरहेका छन् । प्रकृतीक रुपमा विनास ल्याउने राजमार्गको शोभा बिगार्ने र सरकरालाई तिर्नु पर्ने राजश्व समेत यस्ता उद्योगहरुले छली गर्दै आएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7QLuzIaYJZaHf-P6_5fIfv61symFTbvpcFamPA7UKseFoEMnOKlE1KJue28Za8rhTZGXq4fn3x-PcrmcbCt74iqUuQbptPsS9Xg2ktNSvqvLa-4ZY_SiDJcqF6LSScNj_ErkhFqhyphenhyphen45w/s640/83705342_189821182214299_3961977944670208000_n.jpg)
अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तहहरुले गरेको बेवास्था र राजनीतीक संरक्षणका कारण यस्तो अवस्था आएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ग भने जिल्ला प्रशासन कार्यालयलाई अहिले खानी र यस्ता क्रसर उद्योगहरु बन्द गर्ने अधिकार नभएको सबै अधिकार स्थानीय तहमा दिएका कारण हस्तक्षेप गर्न नमिल्ने बताउनु हुन्छ । तर स्थानीय प्रशासनको भूमीकामा कुनै कमी नहुने पनि प्रमुख तामाङ्गले बताउनु भयो ।
धादिङ जिल्ला भर भएका पचास क्रसर उद्योगहरु मध्य ३७ ओटा उद्योगहरु घरेलु तथा साना उद्योग धादिङ र कम्पनी रष्ट्रिारको कार्यालयमा दर्ता भई संञ्चालन हुदै आएका छन् । तर ति सबै उद्योगहरु पाँच वर्षदेखी नविकरण भएका छैनन् ।
हेटौंडाको राप्तीमा १७ बालुवा प्लान्ट अवैधानिक
हेटौंडामा अवैध रुपमा वालुवा प्लान्ट सञ्चालन गर्दै आएकाहरुलाई २१ माघबाट बन्द गरिएको छ । जिल्ला अनुगमन समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा २१ माघमा हेटौंडा १ को राप्तीखोला र लालझाडी क्षेत्रका १७ वटा वालुवा प्लान्टका सामान जफत गर्दै ती प्लान्टहरु बन्द गरिएको हो ।
अवैधानिक रुपले घरेलु कार्यालयमा समेत दर्ता नगरिकन सञ्चालन गरिएका बालुवा प्लान्टहरु बन्द गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका जिल्ला अनुगमन समितिका संयोजक प्रमुख रघुनाथ खुलालले बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgvML8D2uWkWb66fdmFqO25GfFcP5C4xvyb5mknHcmnWjb3SpwIn9Q-qG2qOH9ftjUSj7-Aviir3oBQWGKZemrNKyu-UOSTDVsYV8P-ehGKtiOWEF56QXtASyug-7AtO0-_s4cTNdfdYAQ/s640/khani2.jpg)
अनुगमन टोलीले लालझाडीका दुईवटा वालुवा उद्योगको कागजात नभएको भन्दै बन्द गरेको छ । सबै कागजात नल्याए सम्म उद्योग चल्न नदिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।
विकास निर्माण गर्न पाइने तर, अवैधानिक तरिकाले खोला उत्खनन् गरेर वालुवा प्लान्ट चलाउन नपाइने उनले बताए । अवैध रुपमा चलेका वालुवा प्लान्टले हेटौंडाको राप्ती खोला धमिलो बनाउने, अवैध रुपमा खोला उत्खनन् गर्नेकाम वषौ अगाडी देखि गर्दै आएका छन् ।
जिल्लामा अवैध रुपमा सञ्चालन रहेका वालुवा प्लान्ट जहाँ अवैध रुपमा भेटिन्छ त्यहीनै कार्बाही गरेर अगाडी वढिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGZ-2H7OS2eIn_Mmlg2q6yZmgdsgCWkWZH6o8bSDXCvMnTUFXi6_rK-AbiFr_4lMhgYu0FPAtG5oeBAjDSoQDPrzRw9F6sw_kBis6_ic7UCMidYPmD5eKB0q0JA4BTlE4aMqEjp-zemT4/s640/agra+khani.jpg)
2 comments
Write Down Your Responses
February 8, 2020 at 6:13 AM
रोक्न सक्ने हिम्मत भए सबै ठाउमा रोक्नु परो आग्रा मा मात्रै हैन थाहा नगर पालिका मा नै पनि सन्चालित छन नि ? यो पार्तिगत रुप मा मुसा बिरालो को म्याउ म्यऔ खेल कैले सम्म , साचै नै बन्द गर्नु पर्ने हो भने जिल्ला मा मुद्दा हाल्नु कम्रेड , राम्रा काम गर्ने हरु को छ र यहाँ ??
February 8, 2020 at 8:55 PM
Sahi ho