Powered by Blogger.
१४ वडामा नमुना कार्यः बिपन्न बिरामीलाई औषधि उपचारका लागि घरदैैलो मै नगद


काठमाडौं । २०७६ साल चैत्र ११ देखि लगातार लकडाउन भएको दुइ महिना नाघिसक्यो । दैनिक मजदूरी गर्नेहरु, अशक्त, बिरामी र बिपन्नहरुका निमित्त राज्यले केहि चामल, दाल र तेल वितरण पनि गरेको छ । तर, औषधि किनेर खानुपर्ने बिरामी मानिसहरु भने ठूलो समस्यामा छन् । 

काठमाडौंकै ठूलो वडाका रुपमा रहेको वडा नम्बर १४ मा यस्ता धेरै खालका सास्याहरुले पिरोलीरहेको छ । यो वडा बिभिन्न स्तरका मानिसहरुको बसोबास रहेको क्षेत्र हो । त्यसैले  १४ वडाका केही उत्साही  व्यक्ति तथा अभियन्ताहरु समाजका विरामी व्यक्तिहरुलाई घरसम्मै निशुल्क औषधी वा औषधी किन्ने खर्च बोकेर पुग्न थालेका छन् । 

मधुमेह, उच्च रक्तचाप र अन्य रोगीहरुका लागि सामान्य औषधि किनेर खान सक्ने सामथ्र्य नहुनेहरुका निमित्त समाजिक अभियन्ता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता श्यामराजा पाण्डेको पहलमा वडा नम्बर १४ कलंकी, कुलेश्वर, बल्खु कलंकीको सुनारगाउँ, बासुकीचौर लगायतका क्षेत्रमा औषधि किन्नका लागि बिपन्नहरुका निमित्त घर घरमा पुगेर नगदै बितरण गर्ने अभियान सुरु भएको छ ।

समाजसेवी पाण्डेको पहलमा उक्त क्षेत्रमा यस अघि प्रभावकारी रुपमा राहत पनि वितरण गरिएको थियो । कलंकी, कुलेश्वर र बल्खुका झण्डै ९० जना बासिन्दाहरुलाई समाजसेबी पाण्डेको पहलमा औषधि सेवन गर्न नपाएका बिपन्न वर्गका लागि औषधि वितरण गरेको उहाँले बताउनुभयो । पाण्डेका अनुसार शुक्रबार पनि यो अभियान जारी रहनेछ ।

सामाजिक अभियन्ता पाण्डे उक्त क्षेत्रका पुराना वामपन्थी नेता हुनुहुन्छ । २०४९ सालको स्थानीय निर्वाचनमा पनि उहाँ उक्त क्षेत्रमा संयुक्त जनमोर्चाबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्दमा पनि तत्कालिन शाही नेपाली सेनाको धरपकडमा पर्नुभएका पाण्डे शहीद परिवारका सदस्य पनि हुनुहुन्छ । पत्रकारीता पेसामा समेत लामो समय काम गर्नुभएका पाण्डेको स्थानीय प्रभावका कारण लोकप्रिय हुनुहुन्छ ।

सामाजिक अभियन्ता पाण्डेका अनुसार ‘घर दैलो औषधि बितरण अभियान’को मुख्य उद्देश्य पैसाको अभाबमा औषधि सेवन गर्न नपाएर कसैको जीवन खतरामा नपरोस् भन्ने हो । 

उहाँ भन्नुहुन्छ,  ‘यो अभियान सबैको साझा भएकोले गरिब दुःखीलाई औषधि वितरण गर्न हातेमालो गरुँ भन्ने हो । औषधि सेवन गर्नुपर्ने रोगीहरुलाई औषधि नै वितरण नगरी नगदै वितरण गरेको सम्बन्धमा उहाँले चिकित्सकसँगको सल्लाहमा बिभिन्न प्रकारका औषधिहरु खानुपर्ने हुँदा बिरामी आफै किनेर खानु राम्रो हुन्छ । ’

कलंकीमा वितरण कार्यक्रममा वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाको पनि उपस्थिति रहेको थियो । वडा अध्यक्ष सापकोटाले पनि त्यस्तो ठुलो जनसंख्या रहेका वडावाशीबीच प्रभावकारी कार्य गर्दै आइरहनु भएको छ । उहाँको कार्य महानगर स्तरमै नमुना योग्य रहेको स्थानीयहरु बताउँछन् ।  



0 comments

Write Down Your Responses