Powered by Blogger.
साधुराम कार्की परिवारप्रति सहयोगी हातहरु बढ्दै



काठमाडौं । लामो सहयदेखिको लक डाउनका कारण औषधी उपचार तथा खाद्यान्न अभाव हुँदै गएको एक परिवारलाई सहयोग प्रदान गरिएको छ ।  

लगनटोलमा लामो समयदेखि बस्दै आएका साधुराम कार्कीको परिवारलाई  समाजसेवी व्यक्तित्व विवश अमात्यको परिवारले सहयोग गरेको हो । 

विशेष कामका शिलशिलामा हाल बभाङमा रहनुभएका विवश अमात्यले कार्कीका बारेमा समाचार तथा सामाजिक सञ्जनलमा यर्थाथ विवरण प्रकाशन भएपछि सहयोग प्रदान गर्ने इच्छा प्रकट गरेका थिए । पिडितको मोबाइल नम्बर खोजेर उनले  सहयोग सहित आफ्नो परिवारका सदस्यहरु कार्कीको डेरामा पठाएका हुन् । 

लगनटोल स्थित डेरामै पुगेर कार्कीकी शारिरिक अपाङ्ता भएकी २० वर्षिया छोरी सुनिता कार्कीको हातमा समाजसेवी व्यक्तित्व विवश अमात्यकी श्रीमती गंगा अमात्यले १२ हजार आठ सय नगर र एक बोरा चामल प्रदान गरेको साधुराम कार्कीले जानकारी दिए ।
  


कार्की परिवारको सो दुरावस्थाबारे समाचार प्रकाशन भएपछि अमात्य परिवारकी छोरी एन्जल अमात्यले पनि मानवीय सेवामा आफ्नो खुत्रुकेमा रहेको केही रकम बाबुआमालाई थप गरेकी बताइएको छ । 

समाजसेवी हृदय र परोपकारी भाव भएको अमात्य परिवारले तत्कालका लागि केही राहत मिलास् भनेर सो सहयोग गरेको र अन्यत्रपनि पहल गर्ने बझाङबाट युवा उद्यमी विवश अमात्यले बताए । 

कार्की परिवारलाई तत्काल औषधी किन्नका लागि ‘सानो सहयोग’ पुगोस् भन्दै नगद रकम र एक बोरा चामल अमात्यकी श्रीमती गंगाले डेरामै पुगेर हस्तान्तरण गरेकी हुन् ।

सहयोग प्राप्त गरेपछि साधुराम कार्कीले ‘विपत्तको यो घडिमा अपाङ्लाई सहयोग स्वरुप नगद र सामान प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘यस्तो अवस्थामा भगवानरुपी करुणा बनेर सहयोगी साथ हातेमालो गरिदिनु गरिदिनु भएकोमा अन्तरहृदयबाटै नमन गर्दछु । ’

यसअघि सामाजिक अभियन्ता कल्पना गौतमले कार्की परिवारको दुरावस्था देखेपछि औषधी खर्च स्वरुप सबैभन्दा पहिले रु ५ हजार नगद प्रदान गरेकी थिइन् भने पछि व्यवसायी तथा सामाजिक भाव भएका व्यक्तित्व रुपक बानियाले पनि डेरामै पुगेर खाद्यान्न सहयोग गरेका थिए ।

६ जना रहेको कार्की परिवारमा एक छोरी नसाको शल्यक्रिया असफल भएर हाल अशक्त छिन् भने एक छोरा मानसिक समस्याका कारण लामो समयदेखि महंगो औषधी सेवन गर्नुपर्ने वाध्यतामा छन् । 

त्यस्तै बाबु कार्की आफैं मुटु र हड्डी सम्वन्धी रोगका कारण घरमै थलिएका छन् भने कार्कीकी श्रीमती पनि केही काम गर्न र आय आर्जन गर्न नसक्ने अवस्थामा छन्  । 

एउटी छोरीले एक निजी विद्यालयमा पढाएर घर खर्च धान्ने गरेकामा विद्यालय बन्द भएदेखि कुनै आम्दानी प्राप्त नभएको बताइएको छ ।

कार्कीले अमात्य परिवारको सो सहयोगको खुलेर प्रशंसा गरेका छन् । 



0 comments

Write Down Your Responses