Powered by Blogger.
प्रत्यायोजित व्यवस्थापनका खड्का सचिवमा बढुवा



काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सचिव तथा संसदका सहसचिव शुदर्शन खड्का संघीय संसदकोे सचिवमा बढुवा भएका छन् ।

शुक्रबार बसेको संसद सचिवालय संचालन तथा व्यवस्थापन समितिको बैठकले खड्कालाई सचिवमा बढुवा गरेको हो । सचिवालय संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष सभामुख रहने व्यवस्था छ ।

संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि खाली रहेको राजपत्रांकित विशिष्ट श्रेणी सचिव पद रिक्त थियो । रिक्त रहेको पदमा बढुवा भएका खड्काले शुक्रबार नै पदभार सम्हालेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, महासचिव, संसद सचिवालयका अन्य सचिवहरु समेत रहेको व्यवस्थापन समितिले संसद् सचिवालयमा हुने नियुक्ती आदिबारे निर्णय गर्छ ।

योसँगै संसदमा सचिवालयतर्फ ध्रुव घिमिरे र सुदर्शन खड्का दुई जना र सदन सञ्चालनतर्फ प्रतिनिधि सभाका गोपालनाथ योगी र राष्ट्रिय सभाका राजेन्द्र फुयाँल गरी चारजना सचिव भएका छन् ।

नवनियुक्त सचिव खड्का जस्तोसुकै संकटमा पनि परिपक्व ढंगले काम गर्न सक्ने खुवी भएका र सबैसंग समन्वय गर्न सक्ने हक्की स्वभावका कर्मचारीका रुपमा चिनिन्छन् ।



0 comments

Write Down Your Responses