Powered by Blogger.
गायिका तथा सञ्चारकर्मी शितल शर्माको तिज गीत “शितलु” सार्बजनिक (भिडिया सहित)


काठमाडौं ।  गायिका तथा उद्घोषिका शितल शर्माको “शितलु” बोलको तिज गीत सार्बजनिक भएको छ ।

 हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आउन केही समय बाकी रहेपनि कलाकारहरुले भने तिज गीतहरु बजारमा सार्बजनिक गरिरहेका छन् ।

गायिका तथा उद्घोषिका शर्माले यसपाली तिजमा छुट्टै मार्मिक गीत ल्याएकी छिन् । 

चर्चित सर्जक नबराज पन्तको शब्द श्रृजना रहेको गीतमा गायिका शितल शर्मा र प्रकाश पराजुलीको स्वर रहेको छ । प्रकाश पराजुलीकै संगीत रहेको गीत निकै उत्कृष्ट र मार्मिक रहेको छ । 

एउटा पारिवारिक कथा बस्तुलाई समेटेर गीतको भिडियो तयार पारिएको छ । भिडियोमा गायिक शर्मा सौतेनी छोरीको भुमिकामा प्रस्तुत भएकी छन् । 



मौसम हिमालीले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा, निरु खड्का, शितल शर्मा, प्रकाश पराजुली, रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ ।

भिडियो हेर्नुस...

https://youtu.be/U7rNFTjh8Rw?t=75

0 comments

Write Down Your Responses