Powered by Blogger.
सिन्धुपाल्चोकको पहिरो पिडितलाई सहयोग



काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका पहिरो पिडितलाई समाजससेवी युवाहरुको टोलीले सहयोग गरेको छ । बाह्रविसे–५ जम्बुका पहिरो पिडितलाई काठमाडौंबाट गएको टोलीले राहत सामग्री बाँडेको हो ।

लक डाउनका बेला दिनरात नभनी अलपत्र परेका समुदायलाई खाने, बस्ने व्यवस्था मिलाउँदै आएका व्यक्तिहरुले नै सिन्धुपाल्चोकका पहिरो पिडितका लागि राहतको प्रवन्ध गरेका हुन् । 

उाीहरुले करिव २ लाख बराबरको खादान्नयका साथै लत्ताकपडा, कम्बल, टुथपेस्ट लगायतका सामग्री पहिरो स्थलमै पुगेर बाँडेका हुन् । आफ्नो व्यक्तिगत आम्दानीबाट सामाजिक काम गरिएको समाजसेवी युवाहरुले बताए । 
मकवानपुर खड्बु घर भई हाल सुकेधारा काठमाडौंमा नवदुर्गा पार्टी प्यालेस सञ्चालन गर्दै आएका रुपक बानियाको टोलीले सहयोग वितरण गरेको हो । बानियालाई कृष्णप्रणामी समाज र अटोवर्कशप व्यवसायी संघले साथ दिएको थियो ।

उनीहरुले आफुले लगेका सामग्री बाह्रविसे नगरपालिकाका मेयर नेमफुन्जो शेर्पाको उपस्थितिमा प्रशासकिय प्रमुख फणिन्द्र पौडेललाई हस्ततान्तरण गरेका थिए । 

अन्य राहत वितरण टोलीले आफुखुसी बाँडेकोमा यो टोलीले भने एकद्धार प्रणाली मार्फत नगरपालिकालाई हस्तान्तरण गरेर सह्रानिय कार्य गरेको छ । 



0 comments

Write Down Your Responses