Powered by Blogger.
काग्रेसको बित्तिय तथा सहकारी विभागको सचिवमा भण्डारी

 

ललितपुर ।  ललितपुर स्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले बित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।

 दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका भण्डारीको लामो समय सम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा नियुक्ति गरेको हो । 

उहाँ सहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्रीलालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् ।  

संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् । 

सबै सस्थाको नेतृत्वदायी भुमिकामा रहनुभएका भण्डारीले  आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताउनुभएको छ । 

 नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहनुभएका भण्डारी  सहकारी क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको हो । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् । 

नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५(९ बमोजिम उहालाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उहाले पार्टीको केन्द्रिय बित्तिय विभागलाई थप सुदृढ र गतिशिल बनाउन दत्तचित्त भई लागि पर्ने बताउनुभएको छ । 

यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसक्नुभएका भण्डारी कुशल सहकारीकर्मीको रुपमा परिचित हुनुहन्छ । 


0 comments

Write Down Your Responses