Powered by Blogger.
एम म्याथ( AIM Math ) ले गणित प्रयोगशाला मार्फत् गणितलाई जीवनसित जोड्दै

 काठमाडौं । गणितको हाउगुजी हटाऔं – गणितलाई जीवनसित जोडौं भन्ने AIM Math को स्कुल स्कुलमा गणित प्रयोगशाला बनाउने अभियान दिन प्रतिदिन सफल बन्दै गइरहेको देखिएको छ ।

विज्ञान र कम्प्युटर प्रयोगशाला नेपालका धेरै स्कुलमा हुने गरे पनि गणित प्रयोगशाला भने शून्य प्रायः निर्माण भएको देखिन्छ ।

AIM Math का डाइरेक्टर विश्वमणि अधिकारीले नेपालमा पहिलो पटक आफूहरुले नै ‘स्कुलमा गणित प्रयोगशाला चाहिन्छ’ भनेर आवाज उठाएको र त्यसैको परिणाम स्वरुप स्कुलहरुमा हिजो आज गणित प्रयोगशाला बनाउने संस्कार सुरुवात भएको बताउनु भयो ।

AIM Math का प्रवन्ध निर्देशक दीपक अधिकारीका अनुसार सुर्खेत, हेटौडा, दोलखा, उदयपुर, मोरङ आदि एक दर्जन स्कुलमा गएको महिना गणित प्रयोगशाला निर्माण भएकोमा दशै अघि थप पचास विद्यालयबाट गणित प्रयोगशाला बनाइदिन अनुरोध आएको छ ।

गणित प्रयोगशाला सबै स्कुलको पहुँचमा पुगोस् भनेर पैंतिस हजार रुपैंया देखि दुई लाख सम्मको प्याकेज रहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

AIM Math का गणित प्रयोगशाला प्रमुख दयामान श्रेष्ठका अनुसार गणित प्रयोगशालामा एक तिहाई सामाग्री रेडिमेड हुनेछन् भने बाँकी सामाग्री तालिम मार्फत् शिक्षक र विद्यार्थीलाई निर्माण÷संकलन गर्न सिकाइन्छ ।

गणित प्रयोगशाला अवलोकन गर्न÷अर्डर गर्न ९८१३०१२८१२ मा फोन वा aimmath70@gmail.com मा इमेल गर्न बताइएको छ ।

0 comments

Write Down Your Responses