Powered by Blogger.
समाजसेवी ताराबहादुर कुँवरले शनिबारसम्ममा १२ सय ४८ लाई राहत बाँडे


काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरले शनिबारसम्ममा १२ सय ४८ जनालाई राहत बाँडिसकेका छन् । कोरोना भाइरसको कारण भएको लकडाउन र निषेधाज्ञामा मानिसको जनजीवन असहज भएको भन्दै अहिलेसम्म पनि निरन्तर राहत बाँडिरहेका छन् ।

 

लकडाउन खुलेपछि केही समय राहत वितरण नगरेका उनले फेरि निषेधाज्ञा भएपछि भने पीडितको मर्म बुझ्दै राहत वितरणमा सक्रियता देखाए । 

शनिबार उनले आफ्नै कार्यालय बाफलमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा १ सय ३ जनालाई राहत स्वरुप चामल, दाल, तेल, नुन लगायतका सामग्री वितरण गरेका हुन् । 

समाजमा चर्चा कमाउनका लागि नभई आफु पनि दुख गरेर आएका उनी तल्लो वर्गको दुखमा साथ दिन पाँउदा आफुलाई सन्तोष मिल्ने बताउँछन् ।  उनी चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता पनि हुन् ।

 

समाजमा जे समस्या परे पनि अघि सरेर व्यक्तिगत ढंगबाट सक्दो आर्थिक सहयोग गर्ने उनी पछिल्लो समयमा निकै चर्चित छन् । कुँवरले कोरोना भाइरसको त्रासका कारण सरकारले चैत्रबाट गरेको लकडाउनमा निरन्तर खटेर समाजसेवा गरे । उनी ‘आफूले केही गरेर देखाउने हो कसैले बुझ्छ बुझ्दैन त्यो फरक विषय हो’ भन्छन् । 

राहत बाँडेको तस्विर फेसबुकमा हालेपछि केही आलोचना खेपेका उनी अरुलाई पनि आफ्नो जस्तै गरेर पुण्य कमाउन आग्रह गर्छन् । ‘आफूले गरेको राम्रो कामको तस्विर फेसबुकमा राखेर अरुलाई पनि प्रेरणा जागोस् भन्ने लक्ष्य हो’ उनले भने ‘कसैले बुझेर पनि आलोचना गरे कसैले बुझ्दै बुझेनन् मैले जे बुझें त्यही गरें ।’

उनले पछिल्लो समयमा आएर रक्तदान अयिभान चलाएका छन् । उनले दुई सातासम्ममा ५२ पाउण्ड रगत संकलन गरेका छन् । उनी रक्तदान हरेक साताको बुधबार आफ्नै निवास वाफलमा गर्दै आएको बताउँछन् । उनले पहिलो हप्तामा २४ र दोस्रो हप्तामा २८ पाउण्ड रगत संकलन गरेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई बुझाइसकेका छन् ।

 

उनी रक्तदान अभियान पनि निरन्तर सञ्चालन गरिहने बताउँछन् ।  उनी आफ्नो तर्फबाट कसैको लागि हित हुन्छ भने सानोतिनो खर्च भयो भनेर वास्ता गर्नु नहुने बताउँछन् ।

 

उनले भने ‘ एउटा मानिसलाई दुःख पर्दा अर्को मानिस चुपचाप बस्न मिल्दैन भनेर आफूसँग भए पनि नभए पनि उदार मनले राहत बाँडेको हुँ ।’ समाजमा ठुलो मन र पवित्र भावना भएका तारा वहादुर कुँवर जस्ता २० जना व्यक्ति मात्र भैदिएको भए यो समाजले काँचुली फेर्ने बताइन्छ । 

अहिले सबैतिर रगतको अभाव भएको थाहा पाएँ त्यसैले यो नयाँ काम गर्ने जाँगर चल्यो’ उनले भने ‘रगतको अभावमा कतिपय मानिसको ज्यान नै जोखिममा परेका समाचार आएपछि उनीहरुको जीवन बचाउन यो अभियान थालेको हुँ ।’ 

कुवरले यो असहज अवस्थामा रक्तदान गरेर आफूले पुण्य कमाउन र मानिसको जीवन बचाउनका लागि पहल गर्नसमेत सबैलाई अनुरोध गरेका छन् । उनले रक्तदान गर्ने चाहना भएकाले (९८५१०९३४२५) मा सम्पर्क गर्न भनेका छन् ।

 

उनी हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक हुन् । उनले लकडाउनमा समस्या परेको भन्दै आफूले लगाएको घरभाडामा पनि छुट गरिदिएका थिए ।


 


0 comments

Write Down Your Responses