Powered by Blogger.
दामनमा बन्यो नेपालकै अग्लो ‘प्राकृतिक टावर’


मकवानपुर । उत्तरी मकवानपुरको दामन स्वदेशी तथा विदेशी पर्यटकको उत्कृष्ठ गन्तव्य हो । 

काठमाडौंसंग नजिकै रहेको नेपालकै पर्यटकीय आकर्षणको केन्द्र मानिने थाहा नगरपालिकाको दामनमा देशकै सबैभन्दा अग्लो फलामे भ¥याङ निर्माण गरिएको छ । यसले यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पु¥याउने अपेक्षा गरिएको छ । 

थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकसिं लामाले दामनमा व्यवस्थापन गर्न लागिएको ‘प्राकृतिक टावर’सम्म पुग्न निर्मित भ¥याङ नेपालकै अग्लो फलामे भ¥याङ भएको दावी गर्नुभयो । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण थाहा नगरपालिका–४, दामनमा १ सय ५७ खुड्किलाको ७० मिटर अग्लो भ¥याङ निर्माण गरिएको छ । 

भ¥याङबाट माथि समुन्द्री सतहबाट करिब २ हजार ४ सय मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ ।

 अग्लो टाकुरालाई वरपरबाट ढुंगा र सिमेन्टको गारोले ‘सपोर्ट’ दिएर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताउनु भयो ।

दामनमा प्रकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को भ्यु–प्वाइन्ट थपिएको र उक्त प्वाइन्ट नेपालकै पर्यटकीय गन्तव्य बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । 

उक्त भ्यु–प्वाइन्टमा अब व्यवस्थित पार्क निर्माण गर्ने गरी काम भइरहेको स्थानीय समाजसेवी विनोद लामाले जानकारी दिनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरण रहेको पार्क निर्माण अन्तर्गत फलामे भ¥याङ र भ्यु–प्वाइन्ट निर्माण गरिएको र थप संचरनाका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नै तयार गर्न लागेको वडा अध्यक्ष लामाले बताउनु भयो ।

हाल निर्माण भएको भ्यू–प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिम श्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । 

स्थानीयका अनुसार सो प्राकृतिक टावरबाट १ सय ८० डिग्री वाईड एङ्गलमा नेपालमा रहेका ८ हजार मिटरमाथिको कन्चनजंघा बाहेकका सबै हिमालहरु देख्न सकिन्छ । 

पार्कबाट थाहा नगरपालिकाको १,२,३,४,५,६,९ र १० का अधिकांश भूभागको दृष्यावलोकन गर्न सकिन्छ भने बाँकी वडाहरुको आंशिक क्षेत्र देख्न सकिन्छ । 

पार्कको छिट्टै आधिकारिक नामाकरण गरिने वडा अध्यक्ष लामाले बताउनुभयो । 







 


0 comments

Write Down Your Responses