Powered by Blogger.
सभापती बिडारीद्धारा थाहा नगरका विकास आयोजनाहरुको अनुगमन


मकवानपुर । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले मकवानपुर जिल्ला स्थित थाहा नगरपालिकाका विकास आयोजनाहरुको अनुगमन तथा निरीक्षण गर्नुुुभएको छ । 

सत्तारुढ नेकपाका केन्द्रीय तहका नेता समेत रहनुभएका सभापति बिडारी आफ्नो गृह जिल्लाको आफ्नै जन्म स्थान, थाहा नगरपालिकाको भौतिक पूर्वाधार विकास अवस्था र अन्य संभाव्यताबारे स्थलगत निरीक्षणका लागि थाहा नगर पुग्नुभएको हो । 

उहाँले भ्रमणको दुइदिन पुरापुर उपयोग गर्दै काठमाडौसंग जोडिएको चन्द्रागिरींबाट छिरेर मकवानपुरको आग्रा हुँदै धादिङ महादेववेशीसम्मको अवस्था अवलोकन गर्नुभएको हो ।

सभापति बिडारीले बिहीबार र शुक्रबार दुबै दिन दिनभरी नै विभिन्न डेढ दर्जन आयोजना कार्यान्वयनाको अवस्थाबारे अवलोकनका साथै पर्यटनका संभाव्यताबारे स्थानिय जनप्रतिनिधीहरुसंग छलफल समेत गर्नुभयो । उहाँले निर्माणधिन चित्लाङ–चन्द्रागिरी सडकको अवस्थाबारे जानकारी लिनुका साथै आग्राको दामगाडे महादेववेशी सडकको अवस्थाको अवलोकन गर्नुभयो । 




बिडारीले थाहानगर स्थित दामनको भ¥याङ पार्क, निर्माणाधिन थाहा पर्यटन पार्क, पाण्डुकेश्वर मन्दिर, थाहा शीतभण्डार, थाहा बसपार्क, ऐतिहाँसिक कुन्छाल बस्ती संरक्षण तथा विकास योजना,बज्रवाराहीका सडकहरु, टिस्टुङ, नौखण्डे स्थित खुकुरी मैदान, पर्यटकीय आकर्षणको केन्द्र नर्बे ढुङ्गा, आग्राको निर्माणाधिन वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन, जाइकाद्धारा अलपत्र पारिएको इन्द्रायणी माविको विद्यालय भवन लगायतका योजनाहरुको स्थलगत निरीक्षण गर्नुभयोे ।

 भ्रमण टोलीमा संविधानसभा सदस्य सुभास ठकुरी थाहा नगरपालिकका प्रमुख लवशेर बिष्ट, उपप्रमुख खड्गबहादुर गोपाली, नगरपालिकका सल्लाहकार तथा नेकपा नेता विष्णु विष्ट, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा थाहा–६ का स्थायी बासिन्दा शन्तराम बिडारी, वडाअध्यक्षहरु राजेश केसी, किरणमान बल, टिकाराम रुम्बा लगायत अन्य जनप्रतिनीधी, दलका प्रतिनीधीहरु, सञ्चारकर्मी तथा स्थानीयहरुको सहभागिता र उपस्थति रहेको थियो । 

अनौपचारिक किसिमको अनुगमन–निरिक्षणका क्रममा सहभागीहरुले उठाएका जिज्ञासा समाधान गर्दै उहाँले आफू कानून बनाउने र देशैभरीका कानुनको अडिट,सरकारले दिएका आश्वासनको कार्यान्वनको अवस्था अध्ययन र महत्वपुर्ण दश्तावेज संरक्षणको महत्वपुर्ण जिम्मेवारीमा रहेकाले बाक्लो ढंगले गाँउ आउन नपाएको गुनासो गर्नुभयो । 



कार्यान्वयन तथा आश्वासनको अवस्था अनुगमन गर्ने ठाउँमा रहेको बताउँदै  उहाँले मुलत अब योजना निर्माण र कार्यान्वयन पालिकाहरुले गर्ने बताउनुभयो । विधायकहरुले राम्रा र भ्रष्ट्राचार हुन नदिनेगरी कानुन निर्माण गर्न तथा वडा र पालिका तहका जनप्रतिनधीहरुले स्थानीय विकास गर्नका लागि नै संविधानमा तिन तहको शासन प्रणाली कायम गरिएको उहाँको तर्क थियो ।

अब आफ्नो जिम्मेवारी अनुसार जनप्रतिनीधिहरुले काम गरे विकास विकासको मुल फुट्ने उहाँको दावी थियो । 

नेता बिडारीले थाहानगर क्षेत्रमा भएको पुर्वाधार विकासको पहल अत्यन्तै सकारात्मक देखिएको भन्दै आफ्नो क्षेत्रबाट पनि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 निरीक्षणका क्रममा आग्रा स्थित वडा अध्यक्ष टिकाराम रुम्वाले विकासका आयोजनाबारे वडाका तर्फबाट लिखित ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । 




0 comments

Write Down Your Responses