Powered by Blogger.
अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न


मकवानपुर ।  थाहानगर पालिका–११ स्थित टिस्टुङमा जारी प्रथम अष्टमान बल स्मृति फुटबल कप–२०७७ को उपाधि धादिङको बाइरोड युवा क्लबले जितेको छ ।

 ३० कार्तिकमा थाहा नगरपालिका–११ खुकुरी खेल मैदानमा भएको फाइनल खेलमा मकवानपुरकोे डाँडाबास युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै धादिङको बाइरोड युवा क्लबले उपाधि हात पारेको हो । 

प्रतियोगितामा थाहा नगरपालिका चल्तीको चन्द्रसूर्य युवा क्लब तेस्रो भयो । सेमीफाइनल खेलमा डाँडाबास युवा क्लब चन्द्रसूर्य युवा क्लबलाई ४–० र बाइरोड युवा क्लब राम्चे युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेका थिए । 



प्रतियोगिता २१ कात्तिकबाट शुरू भएको हो । प्रतियोगिताका थाहा नगर प्रमुख लवशेर विष्टले उद्घाटन गरेका थिए । 

समापनको दिन एक कार्यक्रमका बीच विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजेता बाइरोड युवा क्लबले रु. ४० हजार नगदसहित, मेडल र सिल्ड प्राप्त ग¥यो भने दोस्रो हुने डाँडाबास युवा क्लबले रु. २५ हजार नगद, मेडल र सिल्ड प्राप्त गरेको आयोजक सिर्जनशील टोल विकास संस्थाले जनाएको छ । त्यसैगरी तेस्रो हुने क्लबलाई नगद रु. १५ हजार प्रदान गरिएको छ । 



समापन कार्यक्रममा उत्कृष्ट खेलाडी बिवेक लामा, उत्कृष्ट गोल रक्षक महेन्द्र तामाङ, उत्कृष्ट डिफेण्डर दिपेश गोले र सर्वाधिक गोलकर्ता साइराम गिरीलाई उत्कृष्ट कप प्रदान गरिएको थियो ।


कार्यक्रममा थाहा–११ का वडा अध्यक्ष किरणमान बल, १२ का वडा अध्यक्ष मानबहादुर स्याङ्तान, १ का वडा अध्यक्ष हेरमान गोपाली, ५ का वडा अध्यक्ष बिष्णुबहादुर गुरुङ लगायतले शुभ दिपावलीको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।




0 comments

Write Down Your Responses