Powered by Blogger.
सभापति बिडारीद्धारा वृद्धवृद्धाहरुलाई न्यानोटोपी तथा खाद्यान्न वितरण



हेटौंडा ।  सत्तारुढ नेकपाका नेता तथा संघीय संसद अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले अशक्त तथा वृद्ध–वृद्धाहरुलाई ‘जहाँ बसेका छन् त्यहीँबाट वृद्ध तथा अशक्तता वापतको भक्ता दिने प्रवन्ध गरिनुपर्ने’ बताउनुभएको छ । 

सभापति बिडारीले हैटौडा स्थित दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रम स्थलमा आयोजना गरिएको एक कार्यक्रममा यस्तो बताउनुभएको हो । 

आश्रमको निरिक्षण पछि आयोजित एक संक्षिप्त कार्यक्रमलाई सम्वोधन गर्दै सभापति बिडारीले त्यहाँको समस्याहरु बुझिसकेपछि आश्रममा नै वृद्ध भत्ता पु¥याउन सरकारले कार्यविधि वनाउन र सुरक्षा प्रवन्ध गर्न पहल गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘वाश्तवमा यो समस्या हल हुनुपर्छ, वृद्धवृद्धाहरुलाई जहाँ छन्, त्यहीबाट भत्ता उपलव्ध गराउने खालको कार्यविधी बनाउनका लागि सरकारलाई जागरुक बनाउन म पहल गर्नेछु ।’

सो आश्रममा  सहभागीहरुलाई न्यानोटोपी र खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा वृद्धवृद्धालाई सभापति बिडारीले आफैंले न्यायोटोपी लगाइदिनुभएको थियो ।   

कार्यक्रममा टिआर तिवारी, संस्थाका संस्थापक केदार न्यौपाने,  संस्था अविभावक यादव गजुरेल, एसपी केदार  खनाल लगायतको सहभागिता थियो ।

 उहाँहरु सबैले विगत लामो समयदेखि संस्थालाई  विशेष सहयोग गर्दै आइरहनुभएको छ । करिव १ बिगाहमा रहेको आश्रममा गाई पालन, तरकारि खेती समेत गरिएको छ । यसका साथै वृद्धवृद्धाको स्वास्थ्य रेखदेखका लागि स्वास्थ्य युनिट पनि रहेको छ ।

करिव १५ वर्ष अघि स्थापना गरिएको सो संस्थाको कुनै निश्चीत आम्दानीको स्रोतहरु नभएपनि दाताहरुले सहयोग गर्दै आउनुभएको छ । यसलाई पर्यटकीय केन्द्र तथा सशुल्क अतिथि गृहको रुपमा विकास गरेर समेत आयआर्ज बढाउने संस्थाको सोच रहेको बताइन्छ । 

यस्तै सभापति बिडारीले आमाघरको पनि निरिक्षण गर्नुभएको छ । पक्की स.रचना सहित निर्माण हुँदै गरेको उक्त आमाघरमा अशक्त र असाहयहरुलाई आश्रय दिने योजना छ । 

जहाँ नेकपाका संस्थापक मोतिदेवीको स्मृतिमा आश्रय घर र थाहा पुस्ताकालय समेत स्थापना गरिने बताइएको छ । 




0 comments

Write Down Your Responses