Powered by Blogger.
१४ नं. वडाको आफ्नै कार्यालय भवन, अध्यक्ष सापकोटाको सक्रियता उदाहरणीय




काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं–१४ ले करीब चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ । 

महानगरको निर्वाचनमा मतदाता सामु आफ्नै कार्यालय भवन बनाउने अठोट अनुरुप कार्यालय भवन निर्माण गरी बास्तुपुजा गरिएको हो । 

कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले वल्खुुस्थित भुवनेश्वरी मन्दिर नजिकमा भवन निर्माण गरेको हो । दुुई वर्षको समयमा निर्माण भएको भवनमा करिव २ सय ५३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त भवन चार तल्ला छ । 

भूमिगत तल्लामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ । 

अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन बास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ । भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि  विश्रामस्थल, जनप्रतिनिधिका कक्षलाई समेत व्यवस्थित गरिएको छ । 

शनिबार आयोजित कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटाले भवनमा बास्तुपूजा गरी गृह प्रवेश गर्नुुभयो । भाडामा बसेको कार्यालय सानो र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको बताउँदै वडाध्यक्ष सापकोटाले केही दिनभित्र नयाँ भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिनुुभयो ।

 महिलाले नेतृत्व गरेको एकमात्र वडा भएर पनि १४ नं वडा अरु वडाभन्द सक्रिय देखिएको छ । कोभिड –१९ नियन्त्रणमा पनि सो वडाको टिम प्रभावकारी र उदाहरणीय ढंगले खटेको थियो । 

पुजा सहित प्रसाद ग्रहण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।


 




0 comments

Write Down Your Responses