Powered by Blogger.
कार्कीद्धारा जन्मदिनमा २ थान डस्टबिन


पालुङ । बिभिन्न संघ सस्थामा आवद्ध ब्याक्तित्व संगम कार्कीले आफ्नो जन्मदिनको अवसरमा थाहा ३ मा रहेको सीताराम दिवा जेष्ठ नागरिक केन्द्रलाई २ थान डस्टबिन हस्तान्तरण गर्नुभएको छ । साथै उहाले आफ्नो प्रत्येक जन्मदिनमा केन्द्रलाई  सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै उहाँले आफ्नो जन्मदिनको अवसरमा जनकल्यण माबि पालुङमा अध्ययनरत १ जनालाई कक्षा १० सम्म आध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने समेत बताउनु भयो । 

डस्ट्बिन बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दामनका सभाभति राजकुमार केसी, पालुङ जेसीजका बर्ष २०२० का अध्यक्ष मनोज रायमाझि, २०२० का महासचिव नवराज लामा, कार्यकारि उपाध्यक्ष सबिन बिस्ट, उपाध्यक्ष निरज रायमाझि मुक्तिनाथ हरियाली कृषि सहकारि सस्था  का अध्यक्ष माधब कार्की लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्यमा सहभागि हुनु भइ केन्द्रलाइ सहयोग गर्नु भएकोमा केन्द्रका संयोजक ईश्वरबहादुर कार्कीले धन्यवाद सहित जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।

हाल केन्द्रमा ३० देखि ४० जना जेष्ठ नागरिकहरुको उपस्थितिमा नियमित गीता पाठ, पुराण पाठ लगायत गतिबिधि संचालन गरिने गरेको छ ।

साथै धार्मिक पुस्तकालयको स्थापना गर्ने समेत लक्ष्य रहेको केन्द्रका अध्यक्ष कार्कीले बताउनु भयो ।


0 comments

Write Down Your Responses